शुक्रबार, कात्तिक २८, २०८२

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

साविक विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

काठमाडौं- साविक विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार अल बेयत रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै फ्रान्सले अन्तिम चारमा स्थान पक्का गरेको हो।

National life

औरेलिएन चुआमेनीले फ्रान्सलाई सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए। इंग्ल्यान्डले पहिलो हाफमा गोल गर्ने अवसर सिर्जना गरे पनि गोलरक्षक लोरिसले सुन्दर बचाउ गर्दै जाली चुम्न दिएनन्। जसले गर्दा पहिलो हाफमा फ्रान्स अग्रता जोगाउन सफल रह्यो।

दोस्रो हाफको सुरुवातमै इंग्ल्यान्ड पेनाल्टीमा गोल गर्दै खेलमा फर्कियो। तर, जिरुडले हेडरमार्फत गोल गर्दै फ्रान्सलाई पुन: अग्रता दिलाए। इंग्ल्यान्डले ६ मिनेट समय बाँकी रहँदा पुन: पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पाएको थियो। तर, त्यसको सदुपयोग गर्न नसक्दा टोली खेलमा फर्कन सकेन।

खेलको १७औं मिनेटमा चुआमेनीको गोलमा फ्रान्सले अग्रता लिएको थियो। तर, ५४औं मिनेटमा इंग्ल्यान्ड पेनाल्टीमार्फत खेलको बराबरीमा फर्किएको थियो। ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए।

७८ औं मिनेटमा फ्रान्सले पुन: अग्रता लियो। ओलिभिएर जिरुडले हेडरमार्फत गोल गर्दै साविक विजेतालाई अघि बढाए। जितसँगै फ्रान्सले अब सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 11, 2022| 07:29 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।