शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पोर्चुगलका प्रशिक्षकले भने- रोनाल्डोलाई बेन्चमा राख्दा मलाई पछुतो छैन

पोर्चुगलका प्रशिक्षकले भने- रोनाल्डोलाई बेन्चमा राख्दा मलाई पछुतो छैन

विश्वकप फुटबलको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित हुँदै बाहिरिएपछि अहिले प्रशिक्षक फर्नान्डो सान्तोषको आलोचना भइरहेको छ।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

काठमाडौं- विश्वकप फुटबलको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित हुँदै बाहिरिएपछि अहिले प्रशिक्षक फर्नान्डो सान्तोषको आलोचना भइरहेको छ।

National life

रोनाल्डोलाई पहिलो हाफमा बेन्चमा राखेपछि विश्वभरबाट सान्तोषको आलोचना भइरहेको हो। तर, प्रशिक्षक सन्तोषले भने रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो नभएको बताएका छन्।

‘मलाई रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो छैन्। किनकि मैले स्विट्जरल्यान्डविरुद्ध निकै राम्रो प्रदर्शन गरेको टिमलाई दोहोर्‍याएको थिएँ। त्यसैले त्यहाँ परिवर्तन जरुरी थिएन्,’ सान्तोषले पत्रकार सम्मेलनमा भने।

उनले रणनितिक परिवर्तन सहज नहुने भन्दै मुटुबाट भन्दा पनि दिमागबाट चल्नु पर्ने बताए। उनले रोनाल्डो सधैँ उत्कृष्ट खेलाडी नहुने भन्दै यहाँ भन्दा गर्न नसकिने बताएका थिए। 

सान्तोसले हारका कारण टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो र आफू सबैभन्दा बढी दुखी भएको बताए । ‘खेलाडी निकै दुखित छन्। नतिजाले गर्दा निराश छन्। म सम्पूर्ण पोर्चुगल समर्थकलाई धन्यवाद दिन चाहन्छु। म यो पनि भन्न चाहन्छु कि हामी वहाँहरूभन्दा निराश छौं। हाम्रो टोली निकै राम्रो थियो। उत्कृष्ट खेलाडीको सम्मिश्रणले बनेको टोलीबाट पक्कै बढी अपेक्षा थियो। तर आज यो हारले निकै दु:ख लागेको छ।’

Laxmi sunrise bank
kumari

उनले आफ्नो भविष्यको बारेमा आगामी साता पोर्चुगल फुटबल संघका अध्यक्षसँगको छलफलपछि निर्णय लिने बताए।


प्रकाशित: Dec 11, 2022| 07:22 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।