शुक्रबार, कात्तिक २८, २०८२

पोर्चुगललाई हराएसँगै मोरक्को सेमिफाइनलमा

अफ्रिकन टोली मोरक्को शनिबार राति पोर्चुगललाई १–० ले पराजित गर्दै फिफा विश्वकपको इतिहासमै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

काठमाडौं- अफ्रिकन टोली मोरक्को शनिबार राति पोर्चुगललाई १–० ले पराजित गर्दै फिफा विश्वकपको इतिहासमै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ।

National life

ऐतिहासिक प्रदर्शन गर्ने क्रममा मोरक्कोले पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो। मोरक्को सेमिफाइनल प्रवेश गर्ने पहिलो अफ्रिकन टिमसमेत बनेको छ।

पहिलो हाफमा गरेको एकमात्र गोल निर्णायक हुँदा मोरक्को सेमिफाइनल पुग्न सफल रह्यो। यसअघि मोरक्को पहिलो पटक क्वाटरफाइनल प्रवेश गरेर नयाँ कीर्तिमान बनाएको थियो।

युसुफ अल नासिरीले पहिलो हाफमा गरेको हेड गोल निर्णायक बनेपछि मोरक्को सनसनीपूर्ण नतिजा निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो।  दोहास्थित अल थुमामा रंगशालामा मोरक्कोका लागि खेलको ४२औं अटिया अल्लाहको क्रसमा युसुफ अल नासरीले गोल गरे। यस अघि पोर्चुगलले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको थियो।

पोर्चुगलका दर्जनभन्दा बढी खतरनाक प्रयासलाई बिफल बनाउँदै टोलीले अफ्रिकी फुटबलमा पहिलो पटक सेमिफाइलनमा स्थान बनायो। खेलमा मोरक्कोले जम्मा २७ प्रतिशत पोसेसन राखेको थियो।  मोरक्कोले अन्तिम १६ मा पूर्व च्याम्पियन स्पेनलाई टाईब्रेकरमा निराश पारेको थियो।

Laxmi sunrise bank
kumari



प्रकाशित: Dec 11, 2022| 07:13 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।