शुक्रबार, वैशाख ५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रतिनिधिसभा निर्वाचन : यी जिल्लामा शून्य भए कांग्रेस, एमाले र माओवादी

प्रतिनिधिसभा निर्वाचन : यी जिल्लामा शून्य भए कांग्रेस, एमाले र माओवादी

गत ४ मंसिरको निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार मुख्य राजनीतिक दलमध्ये माओवादी ५९, एमाले ४६ र कांग्रेस ३४ जिल्लामा शून्य भएका हुन्।गत ४ मंसिरको निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार मुख्य राजनीतिक दलमध्ये माओवादी ५९, एमाले ४६ र कांग्रेस ३४ जिल्लामा शून्य भएका हुन्।
 |  आइतबार, मंसिर २५, २०७९
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, मंसिर २५, २०७९

vianetvianet

काठमाडौं– गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ। निर्वाचन आयोग अन्तिम प्रतिवेदन तयार गरेर राष्ट्रपतिलाई बुझाउने तयारीमा छ। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पहिलो पटक संसद् प्रवेश गर्दै छन्।  

triton college

निर्वाचन परिणामअनुसार नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट ल्याएको छ भने दोस्रोमा नेकपा एमालेले ४४ सिट र नेकपा माओवादीले १८ सिट जितेका छन्। 

आयोगको अन्तिम नतिजाअनुसार हालसम्म नेकपा माओवादी केन्द्र ५९ जिल्लामा प्रतिनिधिसभामा शून्य भएको छ। कुल ३९ जिल्लामा ४६ वटा उम्मेदवारी दिएको माओवादी जम्मा १८ जिल्लामा १८ सिटमै सीमित भएको हो। 

नेकपा माओवादीले खोटाङ, भोजपुर, मोरङ, सर्लाही, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, बागलुङ, दाङ, रुकुमपूर्व, रोल्पा, कालिकोट, जाजरकोट, रुकुम पश्चिम र हुम्लामा मात्रै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जित हासिल गरेको छ। प्रत्यक्षतर्फ माओवादीले प्रदेश १ मा भोजपुर, खोटाङ र मोरङमा मात्रै जित हासिल गरेको छ। त्यस्तै, मधेस प्रदेशमा सर्लाही, बागमतीमा दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोटमा मात्रै जितेको छ भने गण्डकीको गोरखा र बागलुङ, लुम्बिनीमा रोल्पा, रुकुमपूर्व, दाङ, कर्णालीमा कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा जित हासिल गरेको छ।

गत ४ मंसिरको निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार मुख्य राजनीतिक दलमध्ये माओवादी ५९, एमाले ४६ र कांग्रेस ३४ जिल्लामा शून्य भएका हुन्।गत ४ मंसिरको निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार मुख्य राजनीतिक दलमध्ये माओवादी ५९, एमाले ४६ र कांग्रेस ३४ जिल्लामा शून्य भएका हुन्।

सुदूरपश्चिममा भने नेकपा माओवादीले कुनै पनि जिल्लामा जित निकाल्न सकेन। 

National life insurance

दोस्रो दल बनको नेकपा एमालेले पनि प्रतिनिधिसभा प्रत्यक्षतर्फ जम्मा ३१ जिल्लामा जितेको छ भने ४६ जिल्लामा शून्य भएको छ। सबै जिल्लामा उम्मेदवारी दिएको एमालेले निर्वाचन नतिजाअनुसार इलाम, उदयपुर, झापा, ताप्लेजुङ, धनकुटा, पाँचथर, मोरङ, सुनसरी, सोलुखुम्बु, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, सिराहा, काठमाडौं, काभ्रेपलाञ्चोक, मकवानपुर, ललितपुर, कास्की, पर्वत, लमजुङ, अर्घाखाँची, कपिलवस्तु, गुल्मी, पाल्पा, प्युठान, बाँके, रुपन्देही, कञ्चनपुर, बैतडीमा मात्रै प्रतिनिधिसभा प्रत्यक्षमा जित हासिल गरेको छ। 

त्यस्तै, पहिलो दल बनेको नेपाली कांग्रेसले पनि जम्मा ४३ जिल्लामा मात्रै प्रतिनिधिसभा प्रत्यक्षतर्फ जितेको छ भने ३४ जिल्लामा शून्य भएको छ। आयोगको नतिजाअनुसार उदयपुर, ओखलढुंगाा, झापा, तेह्रथुम, मोरङ, संखुवासभा, सुनसरी, धनुषा, पर्सा, महोत्तरी, रौतहट, सप्तरी, काठमाडौं, धादिङ, नुवाकोट, भक्तपुर, रसुवा, रामेछाप, ललितपुर, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, तनहुँ, नवलपरासी पूर्व, मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा, कपिलवस्तु, गुल्मी, दाङ, नवलपरासी पश्चिम, बर्दिया, बाँके, दैलख, मुगु, सुर्खेत, अछाम, कञ्चनपुर, कैलाली, डडेलधुरा, दार्चुला र बाजुरमा मात्रै जित हासिल गरेको छ। 

त्यस्तै, आयोगले समानुपातिक सांसदको नाम छनोट गर्न दलहरूलाई शनिबार ४ बजेसम्मको समय दिएको थियो। आयोगले थ्रेसहोल्ड कटाएका दलहरूलाई पाएको सिट संख्या, क्लस्टरअनुसारको संख्या र महिलाको संख्यासहितको पत्र दलहरूलाई पठाइसकेको छ। प्रतिनिधिसभामा सात वटा दलले थ्रेसहोल्ड कटाएका छन्। एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टीले थ्रेसहोल्ड कटाएका छन्। समानुपातिकबाट एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, रास्वपाले १३, राप्रपाले ७, जसपाले ५ र जनमतले पनि ५ सिट पाएका छन्। समावेशी प्रतिनिधित्व हुने गरी दलहरूले बन्दसूचीबाट नाम छनोट गरेर आयोगमा पठाउनुपर्ने प्रावधान छ।

प्रकाशित: Dec 11, 2022| 07:04 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...