बिहीबार, असार ११, २०८३

चर्चित लेखक बुद्धिसागरको उपन्यास 'एक्लो' सार्वजनिक

काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरिएको हो।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

काठमाडौं- लेखक बुद्धिसागरद्वारा लिखित उपन्यास 'एक्लो' लोकार्पण गरिएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरिएको हो। 

National life

गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरेका थिए। गाउँको कथालाई आफ्ना लेखनको विषय बस्तु बनाउदै आएका बुद्धिसागर 'फिरफिरे' प्रकाशन भएको ७ वर्षपछि 'एक्लो'मार्फत सहर पसेका छन्। 

'एक्लो सहरको कथा हो, तर सहरका स्थानीय पात्रको होइन। गाउँबाट आफ्नो सपनालाई आकार दिन सहर पस्नेहरूको कथा हो, उनीहरूको जीवन संघर्षको हो' लोकार्पणको क्रममा बुद्धिसागरले भने।

भाषाको जादुले पाठकलाई लोभ्याउन सकेका लेखक बुद्धिसागरको 'एक्लो' तेस्रो आख्यानकृति हो। कर्णाली ब्लुज चर्चित उपन्यास हो, जसलाई माईक हटले अंग्रेजीमा अनुवाद गरेका थिए। पुस्तकलाई फाइन प्रिन्टले प्रकाशन गरेको हो।

प्रकाशित: Dec 10, 2022| 19:18 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।