काठमाडौं- नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत फेला परेका छन्। पाँच वर्षअघि अवकास पाएका महत शनिबार बिहान निवासमै मृत भेटिएका हुन्।
बूढानीलकण्ठमा रहेको सिरडी कोलोनीमा बस्दै आएका ६२ वर्षीय महत आफ्नै निवासमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरी दाहसंस्कार पनि गरिएको बताइएको छ।
महत हास्यव्यंग्यकार समेत हुन्। उनका 'चिप्ला कुरा', 'एकै ड्याङका मुला', 'दुवै हातमा लड्डु', 'कुर्सीको जय होस्', 'भालुलाई पुराण', 'चोरको खुट्टा काट्', 'आफ्नो हात जगन्नाथ' लगायत कृति प्रकाशित छन्।