आइतबार, वैशाख २७, २०८३

सुक्खा पहिरोको जोखिममा कालीकोटको मयगाउँ

पानी नपरेका बेला पनि जमिन भासिँदै गएकाले मयगाउँका ३२ घरधुरी सुक्खा पहिराको जोखिममा परेका हुन्।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

मान्म– कालीकोटको पचालझरना गाउँपालिका–८ को मयगाउँ पहिराको जोखिममा परेको छ। गाउँको जमिन भासिँदै जाँदा मयगाउँ सुक्खा पहिरोको जोखिममा परेको हो। 

National life

पानी नपरेका बेला पनि जमिन भासिँदै गएकाले मयगाउँका ३२ घरधुरी सुक्खा पहिराको जोखिममा परेका छन्। मयगाउँमा चार दिनदेखि खाली जमिन भासिँदै गएको र नयाँ तथा पुराना घरका पर्खाल फाट्न थालेको पचालझरना गाउँपालिकाका पूर्वध्यक्ष खड्कराज सेजुवालले बताए।

‘तल पहिरो वा सडक केही पनि छैन। पानी पनि परेको छैन तर जमिन भासिँदै जाँदा ३२ घरधुरी जोखिम बढ्दै गएको छ,’ उनले भने, ‘नयाँ बनेका घरका पर्खालसमेत दुई भागमा चिरा परेका छन्।’

मयगाउँमा जमिन भासिँदै गएको खबर आएको र त्यहाँ बसोबास गर्नेलाई अन्य ठाउँमा बस्ती सार्न भनिएको इलाका प्रहरी कार्यालय पचालझरनाका प्रहरी प्रमुख जनक भण्डारीले जानकारी दिए। ‘गाउँमा जमिन भासिँदै गएको र पहिराको जोखिम बढ्दै गएको खबर पाएका छौं,’ उनले भने, ‘त्यहाँका स्थानीय अगुवा तथा प्रहरी गएर बस्ती सुरक्षित स्थानमा सार्न भनिएको छ।’

गाउँमा पानी पनि नपरेको र अहिले बस्तीमा रहेका घर भासिँदै गएका कारण त्रास फैलिएको स्थानीय रामबहादुर विकले बताए। तत्काल पहिराको जोखिममा रहेका परिवारलाई अस्थायी आवास व्यवस्थापन गर्ने तयारी थालिएको गाउँपालिकाका अध्यक्ष देवजंग शाहीले जानकारी दिए।–रासस

प्रकाशित: Dec 10, 2022| 14:31 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।