बुधबार, भदौ १७, २०८३

मकवानपुरमा खोलामा डुबेको अवस्थामा एक जनाको शव फेला

मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका-२ स्थित चुर्लिङ खोलामा डुबेको अवस्थामा एक जनाको शव फेला परेको छ।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

मकवानपुर- मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका-२ स्थित चुर्लिङ खोलामा डुबेको अवस्थामा एक जनाको शव फेला परेको छ। शव फेला पर्नेमा ८५ वर्षीय मेक्सो मुक्तान रहेका छन्।

राक्सिराङ गाउँपालिका वडा नम्बर २ थुम्की घर भएका मुक्तानको शव पानीमा डुबिरहेको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको हो ।

मेक्सोलाई पानीमा डुबेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनको शवलाई पोष्टमार्टमको निम्ति हेटौँडा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित: Dec 10, 2022| 09:37 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।