आइतबार, वैशाख २७, २०८३

सडक निर्माणको काम शुरू भएपछि स्थानीय खुशी

कैलालीको टीकापुर नगरपालिका-१ ब्लक नम्बर ‘ए’ अन्तर्गतको सडक निर्माणको काम ५ महिनापछि शुरू हुँदा स्थानीय खुशी भएका छन्।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

कैलाली- कैलालीको टीकापुर नगरपालिका-१ ब्लक नम्बर ‘ए’ अन्तर्गतको सडक निर्माणको काम ५ महिनापछि शुरू हुँदा स्थानीय खुशी भएका छन्।

National life

गत आर्थिक वर्षको असारसम्म काम भएर स्थगित भएको काम निर्माण कम्पनीले शुरू गरेको हो। शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालय धनगढीबाट निर्माण भइरहेको स्मार्टसिटी कार्यक्रम अन्तर्गतको सडक निर्माण कार्य रोकिँदा स्थानीय निकै आक्रोशित भएका थिए।

‘सडकको काम अलपत्र हुँदा दर्जनौं दुर्घटना भए। कैयौलाई चोटपटक लाग्यो,’ स्थानीय व्यापारी गंगाराम चपाईंले भने, ‘अब आशा गरौं काम शुरू भएको छ, सम्पन्न नहुँदासम्म काम रोकिने छैन।’

सडकमा बिच्छाइएका गिट्टीका कारण टीकापुरका ताराप्रसाद अधिकारी मोटरसाइकल दुर्घटनामा पर्दा उनको हात भाँच्चियो। उपचारका लागि नेपालगञ्ज पुगे। एकातिर अनावश्यक खर्च त अर्कोतिर महिना दिनसम्म अपाङ्गताजस्तो भएर बस्दा निकै पीडा बोध भएको उनी बताउँछन्। ‘म दुर्घटनामा पर्नेमध्येको एक उदाहरण मात्रै हुँ। म जस्ता अरु सडककै कारण दुर्घटनामा पर्नुभयो,’ अधिकारीले भने, ‘सडक निर्माणको काम शुरू हुँदा अहिले खुशी छौं। अब काम होस्। कसैले असहज सडकका कारण समस्यामा नपरोस् भन्ने हो।’

सडकको काम अलपत्र हुँदा सवारी चलाउन निकै समस्या हुँदै आएको थियो भने पैदल यात्रुलाई समेत सास्ती थियो। बजार क्षेत्रमा सडकबाट उड्ने धुलोले जनजीवन झन कष्टकर बनाएको थियो। 

टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडकबहादुर शाहले रोकिएको सडकको कामले गति लिने विश्वास व्यक्त गरे। ‘हामीले संघीय कार्यालयको प्रमुखलाई नै बोलाएर सडकको अनुगमन गराएका छौं। आशा छ अब सडक निर्माणले गति लिनेछ,’ नगर उपप्रमुख शाहले भने, ‘आशा गरौं चालू आर्थिक वर्षको अन्तिमसम्म काम पूरा हुन्छ। असारसम्म काम सम्पन्न गर्ने गरी हाम्रो दबाब र निगरानी बढाउने छौं।’

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालय धनगढीका प्रमुख रमेश सिंहले चालू आवका लागि आयोजनाको जिम्मेवारी प्रदेशलाई गएका कारण केही समस्या भएको बताए। ‘पहिले प्रदेशमार्फत काम गराउने गरी योजनाको बजेट विनियोजन भएको थियो। त्यसबेला हामीले त्यसमा चासो दिएका थिएनौं,’ कार्यालय प्रमुख सिंहले भने, ‘अब आयोजनाको जिम्मेवारी कार्यान्वयन एकाइलाई आइसकेको छ। अब काम सम्पन्न गर्न हामीले ताकेता गर्छौं।’

प्रकाशित: Dec 10, 2022| 09:00 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।