बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अर्घाखाँचीबाट हराएकी १७ वर्षीया किशोरीको दिल्लीबाट उद्धार

अर्घाखाँचीबाट हराएकी १७ वर्षीया किशोरीको दिल्लीबाट उद्धार

डेढ महिनादेखि अर्घाखाँचीबाट हराएकी किशोरीको शुक्रबार भारतको नयाँ दिल्लीबाट उद्धार गरिएको छ। किशोरीको शान्ति पुनर्स्थापना गृह बाँकेले डेढ महिनापछि उद्धार गरेर नेपालगन्ज ल्याइएको हो।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

नेपालगन्ज- डेढ महिनादेखि अर्घाखाँचीबाट हराएकी किशोरीको शुक्रबार भारतको नयाँ दिल्लीबाट उद्धार गरिएको छ। किशोरीको शान्ति पुनर्स्थापना गृह बाँकेले डेढ महिनापछि उद्धार गरेर नेपालगन्ज ल्याइएको हो।

National life

दिल्लीको कोत्ला मुवारकपुर पुलिस थानाको सहयोगमा उद्धार गरी शुक्रबार नेपाल फर्काइएको प्रहरीले जनाएको छ। गत कात्तिक २४ गतेदेखि हराएकी सन्धिखर्क नगरपालिका निवासी १७ वर्षीया किशोरी शान्ति पुनर्स्थापना गृह बाँकेले देहरादुनस्थित हेल्पक्रस संस्था र भारतीय प्रहरीको सहयोगमा उद्धार गरेको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बता ।

दिल्ली प्रहरीका डिसीपी एमएसचन्दन चौधरीको निर्देशन र कोटला थानाका इन्चार्ज सुनिल गोडियालको सक्रियतामा किशोरीलाई फकाएर भारत पुर्‍याउने सन्धिखर्क नगरपालिका–६ अर्घाखाँची निवासी २४ वर्षीय सुभाष नेपालीलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ।

किशोरीका अभिभावकले खोजतलासको लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र शान्ति पुनर्स्थापना केन्द्र बाँकेमा निवेदन दिएका थिए। सोही आधारमा खोजी गर्ने क्रममा भारतको नयाँ दिल्लीमा युवा–युवतीलाई फेला पारिएको प्रहरीले जनाएको छ।

भारतीय प्रहरीको सहयोगमा उनको खोजतलास गर्न १० दिन लागेको प्रहरीले जनाएको छ।

Shivam cement

प्रकाशित: Dec 10, 2022| 07:47 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।