शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया विश्वकपको सेमीफाइनलमा

ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया विश्वकपको सेमीफाइनलमा

खेलको निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी भएपछि खेल अतरिक्त ३० मिनेट थपिएको थियो।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं – कतारमा जारी फिफा विश्वकपमा ब्राजिलविरुद्ध जित निकाल्दै  क्रोएसिया सेमीफाइनलमा प्रवेश गरेको छ। कतारको एजुकेसन सिटी रंगशालामा भर्खरै सम्पन्न खेलमा पेनाल्टी सुटआउटबाट ४-२ को जित निकाल्दै क्रोएसिया सेमीफाइनलमा पुगेको हो।

National life

खेलको निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी भएपछि खेल अतरिक्त ३० मिनेट थपिएको थियो। 

अतिरिक्त समयको १०५ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। तर खेलको ११६ औं मिनेटमा क्रोएसियाका पेट्कोभिचले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो।

त्यसपछि पेनाल्टीमा पुगेपछि ब्राजिलविरुद्ध क्राएसियाले जित निकालेको हो। ब्राजिलका लागि मार्क्विन्होस र रोड्रिगोले पेनाल्टी सुटआउटमा गोल गर्न सकेनन्।

यता क्रोएसियाका सबै खेलाडीले गोल गरेपछि पाँच पटकको विजेताले लगातार दोस्रो पटक क्वार्टरफाइनलमा हार बेहोरेको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 09, 2022| 23:33 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।