शनिबार, साउन ३, २०८२

रवि लामिछानेले बुझाए चुनावी खर्च विवरण

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवनको प्रतिनिधिसभा क्षेत्र नं २ बाट निर्वाचित लामिछानले रु ११ लाख ८१ हजार चार सय ७२ को खर्च विवरण आज बुझाएका हुन्।
 |  शुक्रबार, मंसिर २३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

vianetvianet

भरतपुर- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्। यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवनको प्रतिनिधिसभा क्षेत्र नं २ बाट निर्वाचित लामिछानले रु ११ लाख ८१ हजार चार सय ७२ को खर्च विवरण आज बुझाएका हुन्। 

मतदाता नामावली खरिद, सवारीसाधन, सवारी इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, बैठक, अन्य प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा सांसद लामिछानेले खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिए। 

सभापति लामिछानेले यसअघि नै सामाजिक सञ्जालमार्फत आफ्नो खर्च विवरण सार्वजनिक गरेका थिए। लामिछानेले प्रत्येक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैँ उपस्थित हुने बताउँदै आएका छन्। चितवनमा अन्य उम्मेदवारहरूले पनि खर्च विवरण बुझाइरहेका कार्यालयले जानकारी दिएको छ।


प्रकाशित: Dec 09, 2022| 22:50 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...