शनिबार, साउन ३, २०८२

अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा सडक महोत्सव हुने

रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ सडक महोत्सव गर्न लागेको हो। यहाँको पर्यटन प्रवर्द्धनमा बेग्लै पहिचान बनाउने विश्वास आयोजकको छ।
 |  शुक्रबार, मंसिर २३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

vianetvianet

कास्की- देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरास्थित फेवाताल किनार लेकसाइडमा २४औँ संस्करणको सडक महोत्सवको तयारी गरिएको छ।

रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ सडक महोत्सव गर्न लागेको हो। यहाँको पर्यटन प्रवर्द्धनमा बेग्लै पहिचान बनाउने विश्वास आयोजकको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई ‘अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’का रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइड क्षेत्रको फिस्टेल गेटदेखि खहरे हुँदै जरेवरसम्मको तीन किमी क्षेत्रमा महोत्सव हुने रेवानका अध्यक्ष एवं महोत्सवका संयोजक नरेश भट्टराईले जानकारी दिए।

उनले भने, 'कोरोना महामारीबाट सुस्ताएको पर्यटन विस्तारै लयमा फर्किन थालेको छ, मौसम खुलेको छ, हिमाल हाँसेका छन्, पर्यटक लोभ्याउने यस मौसममा पर्यटनमैत्री वातावरणमा महोत्सव सम्पन्न गर्न तयारीमा जुटेका छौँ।'

महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रर्दशन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, ‘वेटर रेस’, ‘टग अफ वार’ र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिनेछ। महोत्सवमा छिमेकी देश भारतको पनि सांस्कृतिक कार्यक्रम रहने महोत्सवका सहसंयोजक वैभव पौडेलले बताए।

महोत्सवमा करिब चार लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ। महोत्सवकै अवसरमा होटल सङ्घ पोखराले होटलका कोठामा २० प्रतिशत छुट दिने भएको छ। 

यसैगरी नेपाल पर्यटन बोर्डको सहयोगमा देशका सातवटै प्रदेशमा महोत्सको प्रचारप्रसार गरिनेछ। महोत्सव व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको आयोजकले जनाएको छ। 

प्रकाशित: Dec 09, 2022| 21:45 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।