आइतबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • उदयपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

उदयपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

गाईघाटबाट सामान लिएर रौतामाई गाउँपालिका–५ रसुवा जाँदै गरेको स१त ४९४६ नम्बरको ट्रयाक्टर त्रियुगा नगरपालिका–१५ छाम्लिङ्गमा अनियन्त्रित भई दुर्घटना भएको हो।
 |  शुक्रबार, मंसिर २३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

vianetvianet

उदयपुर- सगरमाथा लोकमार्गमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ। दुर्घटनामा थप तीन जना घाइते भएका छन्। 

गाईघाटबाट सामान लिएर रौतामाई गाउँपालिका–५ रसुवा जाँदै गरेको स१त ४९४६ नम्बरको ट्रयाक्टर त्रियुगा नगरपालिका–१५ छाम्लिङ्गमा अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा ट्रयाक्टरमा सवार रौतामाई गाउँपालिका–६ का १८ वर्षीय शिवराज घिमिरेको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए। किराना पसलको सामान लिएर रसुवा जाँदै गरेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

दुर्घटनामा रौतामाई गाउँपालिका–४ निकासका चालक २३ वर्षीय डम्बरबहादुर आचार्य, त्रियुगा नगरपालिका–११ बेलदोभानका सहचालक १७ वर्षीय रोमन मगर र ट्रयाक्टरमा सवार त्रियुगा नगरपालिका–३ मिलनचोकका ३५ वर्षीय पुरुषोतम कार्की गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए। 

उनीहरूलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (घोपा) पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए।

प्रकाशित: Dec 09, 2022| 19:22 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।