आइतबार, वैशाख २७, २०८३

बेसार प्रशोधन केन्द्रका लागि जापानको सहयोग

जापानिज राजदूतावासको ग्राण्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजीपी) अन्तर्गत एक करोडको वित्तीय अनुदान सहयोग रहेको छ। प्युठान नगरपालिका र नेपाल स्वयंसेवक राष्ट्रिय समूहमार्फत उक्त कार्यक्रम अघि बढाइएको हो।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं- जापान सरकारले प्युठानमा बेसार प्रसोधन केन्द्र स्थापनाका लागि अनुदान सहयोग गरेको छ। जापानिज राजदूतावासको ग्राण्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजीपी) अन्तर्गत एक करोडको वित्तीय अनुदान सहयोग रहेको छ। प्युठान नगरपालिका र नेपाल स्वयंसेवक राष्ट्रिय समूहमार्फत उक्त कार्यक्रम अघि बढाइएको हो।

National life

प्रशोधन केन्द्र निर्माण तथा कृषि उपकरण सहयोगका लागि आज जापानिज दूतावासमा आयोजित एक कार्यक्रममा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। नेपालका लागि जापानी राजदूत किकुता युताका र स्वयंसेवी नेपाल राष्ट्रिय समूहका अध्यक्ष शिव रिमालले हस्ताक्षर गरेका छन्।

सो अवसरमा राजदूत युताकाले प्रशोधन केन्द्र र कृषि उपकरणका लागि प्रदान गरिने सहयोगमार्फत ग्रामीण कृषि उत्पादन प्रवर्द्धनमा परियोजनाले सहयोग पुग्ने भन्दै उपकरणको भविष्यमा समेत भरपुर उपयोग हुने विश्वास व्यक्त गरे। उनले यो परियोजना उद्योग प्रवर्द्धनका लागि मात्र नभई नेपाल र जापानबीचको मैत्री सम्बन्ध विस्तारमा समेत योगदान पुर्‍याउने उल्लेख गरे।

बेसार प्रशोधन केन्द्र निर्माण गरेर प्यूठान नगरपालिका र त्यहाँका सहकारीमार्फत समुदायलाई हस्तान्तरण गरिने योजना रहेको स्वयंसेवी समूहका अध्यक्ष रिमालले बताए। परियोजनाले कृषकको आम्दानी र पेसाप्रति प्रोत्साहन गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे।

यो परियोजनाले बेसारको उत्पादन, प्रशोधन र व्यावसायिकरणका लागि कृषि उपकरण तथा प्रशोधन केन्द्र स्थापनाका लागि सघाउने नेपालस्थित जापानी राजदूतावासले जनाएको छ। परियोजनाको व्यवस्थापन प्युठान नगरपालिका-८ का स्थानीय किसान र स्वयंसेवी नेपाल राष्ट्रिय समूहले गर्ने दूतावासले जनाएको छ। बेसारको बजारीकरण गर्न नसक्दा नेपाली किसानले मनग्य आम्दानी गर्न सकिरहेका छैनन्। 

परियोजनाले बेसार उत्पादनको मात्रा बढाउनुका साथै जिल्लाका किसानको जीविकोपार्जनमा सुधार ल्याउने जापानी दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ।

नेपालमा बेसार खेती राम्रो हुने जिल्लाहरूमा सल्यान, जाजरकोट, प्युठान, दैलेखलगायत पर्छन्। उत्पादित सामग्रीको प्रशोधन र व्यवस्थित बजारको अभावमा व्यावसायिक लाभ लिन नसकिएको जनाइएको छ। परियोजनाअन्तर्गत बेसार उत्पादनमा प्रत्यक्षरूपमा कृषकलाई संलग्न गराई बजार पहुँच विस्तार गर्ने कार्यमा पनि आवश्यक सहयोग गरिने जनाइएको छ।

प्रकाशित: Dec 09, 2022| 19:15 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।