बिहीबार, असार ११, २०८३

सिनेमा घरमा विश्वकपका खेल प्रदर्शनमा रोक

बोर्डले सबै सिनेमा घरलाई पत्राचार गर्दै चलचित्र मात्र प्रदर्शन गर्न निर्देशन दिएको हो।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९
National life
Shivam cement

काठमाडौं– चलचित्र विकास बोर्डले सिनेमा घरमा विश्वकपका खेल प्रदर्शन गर्न रोक लगाएको छ। बोर्डले सबै सिनेमा घरलाई पत्राचार गर्दै चलचित्र मात्र प्रदर्शन गर्न निर्देशन दिएको हो। सञ्चार माध्यममा कतिपय फिल्म हलमा विश्वकप प्रदर्शन गर्न लागिएको सार्वजनिक भएपछि बोर्डले उक्त निर्णय गरेको हो। 

बोर्ड अध्यक्ष भुवन केसीले गरेको पत्राचारमा विभिन्न चलचित्र घरले नियमित चलचित्र प्रदर्शनको सो समयमा विश्वकप फुटबल प्रतियोगिता प्रसारण गर्न लागेको बुझिएको तथा कतिपय चलचित्र घरले आफ्नो वेबसाइटमार्फत शो समयसमेत खुलाएको देखिएको ध्यानाकर्षण भएको उल्लेख छ। 

पत्राचारमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने सर्तबमोजिम मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ। अन्यथा नियमानुसारको कारबाही हुने बेहोरा जानकारी गराइन्छ।’ बोर्डले यसको बोधार्थ जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र संघलाई पनि गराएको छ।

प्रकाशित: Dec 09, 2022| 16:17 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।