शनिबार, साउन ३, २०८२

सुदूरपश्चिममा प्रदेश सभातर्फ एक सय ११ जनाको जमानत जफत

जमानत जफत हुने धेरै उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीलगायतका उम्मेदवार छन्।
 |  शुक्रबार, मंसिर २३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

vianetvianet

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशसभा सदस्यमा ३२ सिटका लागि भएको निर्वाचनमा एक सय ११ जना उम्मेदवारको जमानत जफत भएको छ। कूल सदर मतको दश प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था रहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले बताए।

सुदूरपश्चिम प्रदेशमा लोकतान्त्रिक वाम–गठबन्धन, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टीका साथै स्वतन्त्र उम्मेदवार प्रदेशसभा सदस्यका लागि उम्मेदवार थिए। 

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार प्रदेशसभा सदस्यका ८२ जना उम्मेदवारको भने जमानत जफत हुनबाट जोगिएको छ। प्रदेशसभामा एमाले, नेकपा (माओवादी केन्द्र)लगायत प्रमुख राजनीतिक दलका उम्मेदवारको समेत जमानत जफत भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ। 

यहाँ प्रदेशसभा प्रत्यक्षतर्फ डडेलधुरा प्रदेशसभा २ मा एमालेका गजेन्द्रबहादुर शाही जमानत जफत भएको छ। कूल २४ हजार पाँच सय २८ मत सदर मतमध्ये शाहीले एक हजार ३५ मत मात्रै प्राप्त गरेको निर्वाचन कार्यालय धनगढीले जानकारी दिएको छ।

जमानत जफत हुने धेरै उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीलगायतका उम्मेदवार छन्। जमानत जफत हुनेमा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीदेखि बाजुराका राष्ट्रिय प्रजातन्त्र पार्टीका हिक्मतबहादुर शाहीसम्म छन्।

बाजुरा प्रदेशसभा १ मा माओवादी केन्द्रका कर्णबहादुर विश्वकर्माको पनि जमानत जफत भएको छ। विश्वकर्माले कूल सदर मत २० हजार सात सय तीनमध्ये जम्मा एक हजार ९८ मत मात्रै प्राप्त गरेका छन्। 

सुदूरपश्चिमअन्तर्गत प्रदेशसभाका कूल एक सय ९३ उम्मेदवारमध्ये कैलाली निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार चक्रबहादुर चौधरीले सबैभन्दा कम १३ मत प्राप्त गरेका छन्। कूल २८ हजार दुई सय छ मत सदर भएकामा चौधरीले सबैभन्दा कम मत प्राप्त गरेका थिए। 

प्रदेशसभा सदस्यमा सबैभन्दा बढी नेपाली कांग्रेसले १२ सिट, माओवादी केन्द्रले आठ, नागरिक उन्मुक्ति पार्टीले पाँच, एमालेले तीन, नेकपा (एकीकृत समाजवादी)ले तीन र एक जना स्वतन्त्र १ ले निर्वाचनमा जित हासिल गरेका छन्।

समानुपातिकमा २१ मध्ये १८ जना महिला प्रतिनिधित्व हुने 
प्रदेशसभामा प्रत्यक्षतर्फ कुनै पनि महिला उम्मेदवार निर्वाचित नभएकाले राजनीतिक दलले समानुपातिक प्रणालीअन्तर्गत २१ जनामध्ये १८ जना महिला छनोट गर्नुपर्ने भएको छ। प्रदेशसभामा एक तिहाइ महिला प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार १८ जना महिला निर्वाचित गराउनुपर्ने निर्वाचन कार्यालयले जनाएको छ।

सुदूरपश्चिममा प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेसले १८ सिट जित्दै पहिलो दल बनेको छ भने प्रत्यक्षतर्फ आठ सिट र समानुपातिकतर्फ तीन गरी ११ सिटसहित माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ।

चार जना पुनःनिर्वाचित
सुदूरपश्चिम प्रदेशसभामा चार जना प्रदेशसभा सदस्यमा दोहोरिएर निर्वाचिन भएका छन्। पुनःनिर्वाचित हुनेमा कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा १ बाट आर्थिक मामिलामन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का प्रकाश रावल र कैलाली ४ प्रदेशसभा १ बाट प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)दीर्घबहादुर सोडारी छन्। 

त्यसैगरी दार्चुला प्रदेशसभा २ बाट उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री एवं माओवादी केन्द्रका नेता मानबहादुर धामी र अछाम २ प्रदेशसभा १ बाट माओवादी केन्द्रका अक्कलबहादुर रावल प्रदेशसभामा दोस्रो पटक निर्वाचित भएका छन्।

प्रकाशित: Dec 09, 2022| 22:00 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...