शनिबार, चैत १४, २०८२

गण्डकी र थ्री स्टार क्वाटरफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-गण्डकी प्रदेश र थ्री स्टार एकेडेमी राजधानीमा जारी पाँचौ ढोरपाटन एम-१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गण्डकी समूह ‘डी’ को विजेता तथा थ्री स्टार एकेडेमी समूह ‘सी’ को विजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भएका हुन् । गण्डकीले समूह चरणको अन्तिम खेलमा पाल्पालाई ३-० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बन्यो ।

रपाटन क्लबको खेल मैदानमा मंगलबार भएको खेलमा गण्डकीले पहिलो सेटमा २५-१४ को जित निकाल्यो । दोस्रो सेटमा पनि २५-१५ को सहज जित निकाल्दा तेस्रो सेटमा २५-१९ को जित निकाल्यो । गण्डकीले समूहमा शतप्रतिशत जित निकाल्दै समूहको विजेता बिनेको हो ।

यो समूहबाट एक टोलीको टुङ्गो लाग्न बाँकी छ । मंगलबारै भएको पहिलो खेलमा पाल्पाले धादिङमाथि २५-८, २५-११ र २५-८ को सहज जित निकालेको थियो । तर, आफ्नो दोस्रो खेलमा जित निकाल्न सकेन । थ्री स्टारले समूह चरणको अन्तिम खेलमा सुर्यदीप कलेजलाई २५-१६, २५-१३ र २५-१५ ले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम आठमा स्थान पक्का गर्यो । डिगार्ड गाउपालिकाले सुर्योदय क्लबमाथि ३-१ कोजित निकाल्यो ।
 
प्रतियोगिता अन्र्तगत बुधबार समूह चरणका अन्तिम खेलहरु हुनेछ । समूह ‘बी’ को अन्तिम खेलमा सुर्योदय क्लबले एपीएफको सामना गर्नेछ । ढोरपाटन ‘ए’ ले बेल्कु धादिङ, चितवन टाइगरले पाल्पा, सुर्यदीप कलेजले बुढानिलकन्ठ र ग्ल्यासियर कलेजले बडिगार्ड गाउपालिकासँग खेल्नेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।