आइतबार, वैशाख २७, २०८३

लैंगिक हिंसाविरुद्ध प्रहरीको सचेतनामूलक र्‍याली

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने अभियानको सन्दर्भ पारेर जिल्ला प्रहरी कार्यालयले शुक्रबार दिक्तेलबजारमा सचेतनामूलक र्‍याली निकालेको हो।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

खोटाङ– लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय खोटाङले सचेतनामूलक र्‍याली निकालेको छ।

National life

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने अभियानको सन्दर्भ पारेर जिल्ला प्रहरी कार्यालयले शुक्रबार दिक्तेलबजारमा सचेतनामूलक र्‍याली निकालेको हो।

जिल्ला प्रहरी कार्यालयको प्रांगणबाट सुरु भएको र्‍याली रत्नपार्क पुगेर पुःन जिल्ला प्रहरी कार्यालयको परिसरमा पुगेर समापन गरिएको थियो। डिएसपी मञ्जिल मुकारुङको संयोजकत्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, प्रशासकीय अधिकृत उपेन्द्र राई, महिला एकता अध्ययन केन्द्रका अध्यक्ष दुर्गाजयन्ती राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ का वडाध्यक्ष नवराज राई, सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनमान खड्का, रेडक्रसका मन्त्री छत्र बजिमयलगायतको उपस्थिति रहेको थियो। 

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्राष्ट्रिय अभियानको रूपमा विभिन्न कार्यक्रम गरी विश्वभर मनाउने गरिएको छ। अभियान समापनको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश १ शाखा कार्यालय खोटाङले शनिबार कार्यक्रम गर्दैछ। दिक्तेलको मानव अधिकार चोकबाट प्रभातफेरी सुरु गरेर जिल्ला समन्वय समितिको सभाहलमा समापन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ। 

प्रकाशित: Dec 09, 2022| 14:25 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।