काठमाडौं– सिरहामा पिकअपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्। लहान नगरपालिका-३ मा बिहीबार राति भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका-२३ का २४ वर्षीय मुकेश साह र २२ वर्षीय विवश खनाल घाइते भएका थिए।
घाइते दुवैको धमिनी अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा मुकेशको भने मृत्यु भएको हो। बिहीबार राति साढे ११ बजे बा १९ च ६९३२ नम्बरको पिकअपले पैदल यात्रीद्वयलाई ठक्कर दिएको हो।
सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ।