धनगढी- कञ्चनपुरमा लागूऔषधसहित १८ वर्षीय किशोरसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-११ भुजेलास्थित महाकाली नदी किनारबाट लागूऔषध (ब्राउनसुगर) सहित उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही नगरपालिका ३ तिलकपुर बस्ने एक १८ वर्षीय किशोरसहित तीन जना रहेका छन्। तर, उनीहरूको नाम भने खुलाइएको छैन।
उनीहरूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको थियो। उनीहरूबाट १४ मिलिग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।