शनिबार, चैत १४, २०८२

एकदिवसीय क्रिकेटमा नेपाल चौथो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- भारतको लखनउमा सम्पन्न उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृखलामा नेपालले चौथो स्थान हासिल गरेको छ। 

लखनउस्थित एकान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको तेस्रो स्थानको भिडन्तमा नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित भएसँगै चौथो स्थान हासिल गरेको हो। 

त्यस्तै प्रतियोगिताको उपाधि भने भारतको बि टोलीले हात पारेको छ । आजै भएको फाइनल खेलमा भारतको बि टोलीले भारतकै ‘ए’ टोलीलाई १० रनले पराजित गर्दै उपाधि जितेको हो। 

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको थियो। अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै २४४ रनको योगफल बनायो । जवाफी व्याटिङमा उत्रेको नेपालले ४५ ओभरमा सबै विकेट गुमाउँदै १७३ रनमा समेटियो। 

अफगानिस्तानको जीतमा रियाद हशनले सर्वाधिक ११७ रन जोडे । उनले १४९ बलमा २ छक्का र १२ चौका प्रहार गरे। त्यसैगरी बसिर खान सिरले ३२ तथा अरिफ खान दलवतजाईले २४ रन जोडे । बलिङतर्फ नेपालका सागर ढकाल, पवन सराफ र मोहम्मद सांसद आलमले २-२ विकेट लिएका थिए। 

यता नेपालका लागि भने मोहमद आशिफ शेख र लोकेश बामले २५-२५ रन जोडे। अरुण ऐरीले २४, पवन सर्राफले २३, सुनदीप जोराले १८, भीम सार्कीले १६, रीत गौतमले १४, मोहमद सांसद आलमले १२ तथा कमल ऐरीले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो रन बनाउन सकेनन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।