आइतबार, वैशाख १३, २०८३

आईसीसी लिग २ : नेपालले पहिले बलिङ गर्ने

नामिबियामा स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गरेर हार बेहोरेको नेपालले आज पहिले फिल्डिङ रोजेको हो।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं- नामिबियामा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत बुधबारको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ। नामिबियामा स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गरेर हार बेहोरेको नेपालले आज पहिले फिल्डिङ रोजेको हो।

National life

यसअघि नेपाल र नामिबियाको खेलको समयमा वर्षा भएपछि खेल नै अवरुद्ध भएको थियो। त्यसपछि दुवै टिमले समान १–१ अंक बाँडे। नेपालले आज सिरिजमा आफ्नो तेस्रो खेल खेल्दैछ।

यता नामिबियाले भने सिरिजमा आफ्नो अन्तिम खेल खेल्न लागेको हो। नामिबियाले एक खेलमा जित निकालेको छ भने एक खेल नतिजाविहिन भएको छ। नेपालले भने अघिल्ला दुवै खेलमा जित निकाल्न सकेको छैन।

नेपाली टिममा भएका खेलाडीमध्ये आज करण केसी, हरिशंकर शाह र नन्दन यादवले आज खेल्ने छैनन्। तर अर्जुन साउँद, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी नेपाली टिममा रहेका छन्। उनीहरु ब्याटर र अलराउन्डर हुन्।

बलिङतर्फ नेपाली टिममा गुल्सन झा, सोमपाल कामी, ललित राजवंशी र सागर ढकाल रहने छन्। नेपाली टिमको कप्तान रोहित पौडेल रहेका छन्।

kumari

प्रकाशित: Dec 07, 2022| 14:26 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।