बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महाभियोग निष्क्रिय भएपछि आजै सर्वोच्च जाँदै प्रधानन्यायाधीश जबरा

महाभियोग निष्क्रिय भएपछि आजै सर्वोच्च जाँदै प्रधानन्यायाधीश जबरा

 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ। जबराले संसद् सचिवालयमा दिएको निवेदनको जवाफ दिँदै संसद्का महासचिव डा। भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएका हुन्।

National life

महाभियोग निष्क्रिय भएपछि जबराले आजै सर्वोच्च अदालत जाने तयारी गरेका छन्।

संसद सचिवालयले आफूविरूद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पाएपछि अदालत जान लागेको जानकारी जबराले दिए। "महाभियोग निष्प्रभावी भएको पत्र संसद् सचिवालयले दिएको छ, कार्यसम्पादन गर्नेगरी आजै अदालत फर्किन्छु," उनले भने।

संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमालाले राणालाई पत्र पठाएको पुष्टि गरे।

अघिल्लो वर्ष भदौदेखि नेपाल बार एशोसिएसन र कानुन व्यवसायीले विभिन्न आरोप लगाई जबराको राजीनामा मागेका थिए। कात्तिक ७ पछि कानुन व्यवसायीले देशभरि प्रदर्शन गरे, जसमा न्यायाधीशले पनि साथ दिए। प्रधानन्यायाधीशविरुद्ध कानुन व्यवसायीहरुले लगाएका १७ आरोपमा ४ आरोप थप्दै सत्ता गठबन्धनले फागुन १ गते संसद्‍मा महाभियोग प्रस्ताव दर्ता गरेको थियो।

Shivam cement

तर साढे ५ महिना उक्त प्रस्ताव अन्योलमा राखी गत साउन २३ गते मात्रै प्रतिनिधिसभाले महाभियोग प्रस्ताव ‘महाभियोग सिफारिस समिति’मा पठाएको थियो। एक वर्ष यसरी आफूविरुद्ध भएका प्रहारलाई डटेर सामना गरेका जबराले सहज मार्गप्रशस्त गर्नेछैनन्। सर्वोच्च फर्किन कानुनी रिक्तता खोजिरहेका जबरालाई त्यसपछि सर्वोच्च फिर्तीका लागि केही सहज पनि हुनेछ।  

जबरा आगामी मंसिर २८ गते ६५ वर्ष पुग्दैछन् र उमेरहदका कारण स्वतः सर्वोच्चबाट बिदा हुँदैछन्।

प्रकाशित: Dec 07, 2022| 12:53 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...