काठमाडौं- काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घटेसँगै चिसो बढेको छ।
सोमबार र मंगलबारको तुलनामा बुधबार काठमाडौं उपत्यकाको तापक्रम घटेको हो। सोमबार र मंगलबार ६.८ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम बुधबार विहान पौने ९ बजे ६.८ डिग्रीमा झरेको छ।
उपत्यकाको अधिकतम तापक्रम आज दिउँसो २० डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।
यस्तै, यो समयमा जुम्लाको तापक्रम माइनस ४.३ डिग्री सेल्सियस रहँदा डडेल्धुराको तापक्रम ६.३ डिग्री सेल्सियस छ। तापक्रम घट्नेक्रम अझै बढ्ने मौसमविद् गंगा नगरकोटीले उकेरालाई जानकारी दिइन्।
न्यूनतम तापक्रम सबैभन्दा बढि रहेको विराटनगरमा विहानको तापक्रम ११.८ डिग्री सेल्सियस रहँदा दिउँसो अधिकतम २७.६ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ।