हुम्ला- चिसो बढेपछि हुम्लाको नाम्खा गाउँपालिका–५ को हिल्सा र ६ को सुनखानीका सीमा प्रहरी चौकी सदरमुकाम सारिएका छन्।
चिसो बढेपछि यी दुवै ठाउँमा मानिसको आउजाउ कम भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दीपक मल्लका अनुसार हिल्सा र सुनखानीका सीमा प्रहरी चौकीबाट प्रहरीको टोली फिर्ता ल्याइएको छ।
दुवै प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी तैनाथ थिए। हिउँदमा चिसो पनि हुने र मानिसको आउजाउ नहुने भएका कारण दुवै प्रहरी चौकीबाट प्रहरीलाई फिर्ता बोलाइएको हो।
हिल्सामा १३ जना र सुनखानीमा ११ जना प्रहरी कार्यरत रहेका थिए।