बुधबार, वैशाख ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिसो बढेपछि हिल्सा र सुनखानीका सीमा प्रहरी चौकी सदरमुकाम सारियो

चिसो बढेपछि हिल्सा र सुनखानीका सीमा प्रहरी चौकी सदरमुकाम सारियो

चिसो बढेपछि हुम्लाको नाम्खा गाउँपालिका–५ को हिल्सा र ६ को सुनखानीका सीमा प्रहरी चौकी सदरमुकाम सारिएका छन्।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

हुम्ला- चिसो बढेपछि हुम्लाको नाम्खा गाउँपालिका–५ को हिल्सा र ६ को सुनखानीका सीमा प्रहरी चौकी सदरमुकाम सारिएका छन्।

National life

चिसो बढेपछि यी दुवै ठाउँमा मानिसको आउजाउ कम  भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दीपक मल्लका अनुसार हिल्सा र सुनखानीका सीमा प्रहरी चौकीबाट प्रहरीको टोली फिर्ता ल्याइएको छ। 

दुवै प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी तैनाथ थिए। हिउँदमा चिसो पनि हुने र मानिसको आउजाउ नहुने भएका कारण दुवै प्रहरी चौकीबाट प्रहरीलाई फिर्ता बोलाइएको  हो।

हिल्सामा १३ जना र सुनखानीमा ११ जना प्रहरी कार्यरत रहेका थिए।

प्रकाशित: Dec 07, 2022| 09:25 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।