NadaNada
बिहीबार, भदौ ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री देउवाले बिहीबार सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने

प्रधानमन्त्री देउवाले बिहीबार सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर २२ गते (बिहीबार) धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने भएका छन्।
 |  बुधबार, मंसिर २१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

vianetvianet

धनगढी- प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर २२ गते (बिहीबार) धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने भएका छन्।     

महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने उक्त महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताए। बुधबार साँझसम्म महोत्सवको तयार पूरा हुने उनले बताएका छन्। उनका अनुसार महोत्सव उद्घाटन समारोहमा विभिन्न जातिका संस्कृति झल्किने झाँकी नृत्य प्रदर्शन गर्ने तयारी छ।   

सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ। 

कोरोना महामारीका कारण विगत दुई वर्ष महोत्सव आयोजना गर्न सकिएको थिएन्। उक्त महोत्सवमा स्थानीय खानाका परिकार, कृषिउपजलगायतका झण्डै चार सय कक्ष रहने बताइएको छ। आगामी पुस २ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव अवधिमा झण्डै  दश करोडको कारोबार हुने सङ्घले जनाएको छ।

प्रकाशित: Dec 07, 2022| 09:15 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।