NadaNada
बिहीबार, भदौ ५, २०८२

डोटीमा बालकसहित चितुवाको आक्रमणबाट पाँच जना घाइते

मंगलबार साँझ साढे बेलुका जिल्लाको पूर्विचौकी गाउँपालिका वडा नम्बर-५ बटाला गाउँका पाँच जना चितुवाको आक्रमणबाट घाइते भएका हुन्।
 |  बुधबार, मंसिर २१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

vianetvianet

डोटी- डोटीमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन्। मंगलबार साँझ साढे बेलुका जिल्लाको पूर्विचौकी गाउँपालिका वडा नम्बर-५ बटाला गाउँका पाँच जना चितुवाको आक्रमणबाट घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार घाइते हुनेमा ४५ वर्षीया सरुदेवी बटाला, उनका चार वर्षीय नाति शिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीय लाली गिरी र १० वर्षीया हसिना गिरी रहेका छन्।

बालक शिद्ध बटाला घरको आगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको उनकी आमा शारदादेवी बटालाले जानकारी दिइन्। बच्चा चिच्याएपछि हल्लाखल्ला गरेर लखेटेको चितुवाले गोठालोबाट घर फर्किदै गरेका सरु, लाली, हसिना र पुस्पालाई पनि आक्रमण गरेको प्रहरीको प्रहरीले जनाएको छ।

सुरुमा चितुवाले खुट्टामा टोकेको र पछि हसियाले हान्दा हातमा पनि टोकेको घाइते पुस्पा गिरीले बताइन्। घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको छ। घाइते सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रकाशित: Dec 07, 2022| 08:05 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।