अर्घाखाँची- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अर्घाखाँची प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिप्रसाद भुसालको फेसबुक अकाउन्ट ह्याक भएको छ।
भर्खरै सम्पन्न आम निर्वाचनमा अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका भुसालको आधिकारिक फेसबुक अकाउन्ट ह्याक भएको हो।
'अर्घाखाँचीमा मतगणनाको अन्तिम परिणाम आउँदै थियो,' भुसालले भने, 'पटक-पटक फेसबुकले रिसेट पासवर्ड मागिरहेको थियो। अन्तत: फेसवुक अकाउन्ट नै डिसेवल भयो।'
अकाउण्ट डिसेवल भएपछि बनाउने निकै प्रयास गरेको भए पनि आफू असफल भएको भुसालले बताएका छन्। ह्याक भइसकेपछि केही अस्लिल भिडियो पनि शेयर भएको बुझिएको भुसालले बताए।