NadaNada
बिहीबार, भदौ ५, २०८२

खुल्यो गाडी, मोबाइल र मदिराको आयात

पुस १ गतेदेखि लागू हुने गरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।
 |  मंगलबार, मंसिर २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

vianetvianet

काठमाडौं- सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ। पुस १ गतेदेखि लागू हुने गरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।

मुख्यसचिवको संयोजकत्वमा गठित अध्ययन समितिले आयातमा गरिएको बन्देज खुलाउन सिफारिस गरेको थियो। त्यसैअनुसार मन्त्रिपरिषद् बैठकले आयात खुलाउने निर्णय गरेको हो।

विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाख मध्यदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी ४ प्रकारका वस्तुको प्रतिबन्ध कायम राखिएको थियो। सबै प्रकारका निजी चारपांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलर भन्दा बढी मूल्यका मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएको थियो। मंसिर मसान्तपछि यी वस्तुको आयात पनि खुला भएको छ।


प्रकाशित: Dec 06, 2022| 19:11 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।