बुटवल– रुपन्देही क्षेत्र नम्बर २ मा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।
रुपन्देही–२ मा निर्वाचन अधिकृतको कार्यालयले अनियमित रुपमा विष्णु पौडेललाई निर्वाचित भएको घोषणा गरेको जिकिर गर्दै उनले मतपरिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गरेका छन्।
चार मंसिरमा भएको मतदानबाट रुपन्देही–२ मा नेकपा एमालेका विष्णु पौडेल निर्वाचित भएका छन्। उनले २७ हजार १४८ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याएका छन्।