सोमबार, मंसिर १८, २०८०
  • गृहपृष्ठ
  • समाज
  • जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।
 |  मंगलबार, मंसिर २०, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौंको धुम्बाराहीमा आइतबार साँझ एक युवतीले आफ्नो शरीरमा पेट्रोल खन्याइन् र आगो झोसिन्। तत्काल उनलाई कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा पुर्याइयो। तर, अस्पतालले उनलाई बचाउन सकेन। २४ घण्टा पनि नबित्दै सोमबार बिहान उनको मृत्यु भयो। 

sagarmatha cement

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो। 

परिवारले दिएको जाहेरीअनुसार मृतक युवती र सुधनबीच शनिबारमात्र इन्गेजमेन्ट तोडिएको थियो। केटा पक्षले केटीको घर पुगेर जनै सुपारी फिर्ता गर्दै विवाह तोडेका थिए। त्यसको भोलिपल्ट युवतीले केटाको घर पुगेर आफूमाथि पेट्रोल खन्याएकी हुन्।

जाहेरीअनुसार सुधन र पुष्पाबीच गत भदौ १८ गते इन्गेजमेन्ट भएको थियो। एक वर्षभित्र बिहे गर्ने सहमति भए पनि दुई जनाबीच सम्बन्ध चिसिएपछि दुवै परिवार विवाह नगर्ने निर्णयमा पुगेको बताइएको छ। उनीहरु केही महिनादेखि प्रेम सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले आरोपित सुधनलाई पक्राउ गरेको छ। उनी व्यवसायी हुन्। प्रहरीले उनलाई आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। पुष्पाका आफन्तले सुधन र उनको परिवारले निरन्तर मानसिक यातना दिएको र जबर्जस्ती विवाह तोडेको आरोप लगाएर प्रहरीमा किटानी जाहेरी दिएका छन्।

‘मंसिर १७ गतेका दिन प्रतिवादीहरु बुद्धनगर घरमा आई हामी विवाह गर्न सक्दैनौं, विवाह क्यान्सिल गरौं भन्दै जनै सुपारी, इन्गेजमेन्ट कार्यक्रममा दिए–लिएको दक्षिणा एवं गरगहनासमेत फिर्ता गरी प्रतिवादीहरुले मानसिक यातना दिए र यसैगरी घटना घट्नु अगाडिसम्म प्रतिवादीहरुले मानसिक यातना दिँदै आएको थिए,’ जाहेरीमा भनिएको छ।

उनीहरुले मानसिक यातना दिएपछि पुष्पाले आफूसँग मर्नुको विकल्प नभएको केटा पक्षलाई पटकपटक भनेको पनि जाहेरीमा उल्लेख छ। मृतक युवतीका परिवारले सुधन, उनका दाइ र आमाबुबाविरुद्ध किटानी जाहेरी दिए एनि सुधनमात्र पक्राउ परेका छन्। अदालतले सुधनलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

मृतक युवतीले केही समयदेखि दरबारमार्गस्थित केल्मी ब्रान्डको शोरुम सञ्चालन गर्दै आएकी थिइन्। सुधनसँग उनको ग्राहकको रुपमा परिचय भएको बताइन्छ। आफ्नो शोरुमका नियमित ग्राहक भएका सुधन र पुष्पाबीच गत वर्षको माघदेखि घनिष्ठ सम्बन्ध हुन पुग्यो। व्यापारी–ग्राहकको सम्बन्ध प्रेममा बदलियो। दुवैको घरपरिवार सहमत भएर बिहेको कुरा अगाडि बढ्यो। उनीहरूकै राजीखुसीमा १८ भदौ २०७९ मा विवाहका लागि इन्गेजमेन्ट अर्थात् टीकाटालो गरे, जनैसुपारी  साटासाट गरे।

इन्गेजमेन्टको एक वर्षपछि विवाह गर्ने उनीहरूको तयारी थियो। यहीबीचमा सुधनको परिवारले जनैसुपारी फिर्ता गरेपछि यो घटना हुन पुगेको पुष्पाको परिवारको दाबी छ। 

यस्तो छ जाहेरी


प्रकाशित: Dec 06, 2022| 16:55 मंगलबार, मंसिर २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्