मंगलबार, असार २३, २०८३

युवा खेलाडी आयुष घलान थ्रीस्टार क्लबमा अनुबन्ध

नेपाली युवा फुटबलर आयुष घलानलाई थ्रीस्टार क्लबले अनुबन्ध गरेको छ।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं– नेपाली युवा फुटबलर आयुष घलानलाई थ्रीस्टार क्लबले अनुबन्ध गरेको छ। थ्रीस्टारले आज मंगलबार सूचना जारी गर्दै मिडफिल्डर घलानलाई अनुबन्ध गरेको जानकारी दिएको हो।

‘उत्कृष्ट खेलाडी आयुष घलानले थ्रीस्टार क्लबसँग नयाँ सम्झौता गरेका छन्,’ क्लबले सूचनामा लेखेको छ, ‘विश्वकप छनोटमा १८ वर्षे घलानले डेब्यू गरेका थिए।’

युवा खेलाडी घलानले नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा गएको जेठमा अष्ट्रेलियाविरुद्ध अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए।

उनले खेलको इन्जयुरी समयमा डेब्यु गर्दै २००६ पछि सिनियर टिममा डेब्यु गर्ने १०० औं खेलाडी बनेका थिए। उनीसँगै नेपाल टिमबाट सुरज जिउ ठकुरी र कमल थापाले पनि डेब्यू गरेका थिए।

उनले यसअघि गएको बैसाखमा सम्पन्न पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा पोखराको प्रतिनिधित्व गरेका थिए। तर उनले सो खेलमा पाखराले सम्झनलायक प्रदर्शन गर्न सकेन। र, समूह चरणबाटै बाहिरियो।

त्यसअघि उनले खुमलटार युथ क्लबबाट बी डिभिजन लिग खेलेका थिए। यता थ्रिस्टारले अनुबन्ध गरे पनि कति समयको लागि र कति रकममा अनुबन्ध गरेको भन्नेबारे भने जानकारी दिएको छैन। घलानलाई थ्रीस्टारले १९ नम्बरको जर्सी प्रदान गरेको छ।

प्रकाशित: Aug 10, 2021| 12:38 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।