शनिबार, वैशाख १५, २०८१

विश्वकपमा एसियाली टिमले जगाएको आशा

विश्वकपमा कमजोर रूपमा देखिने एसियाली टिमले विश्व फुटबलका पावरहाउस मानिएका टिमलाई पराजित गरेर एसियाले केही गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेर प्रशंसा बटुल्न सफल भए।
 |  मंगलबार, मंसिर २०, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं- कतार विश्वकपमा यस पटक साउदी अरेबिया, कतार, इरान, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया गरी ६ वटा एसियन टिमले सहभागिता जनाए। तर विश्वकपमा क्वार्टर फाइनलको समीकरण पूरा हुँदै गर्दा कुनै पनि एसियन टिमलाई रंगशालामा देख्न नपाइने निश्चित भइसकेको छ।

triton college

सन् २००२ को विश्वकपपछि कुनै पनि एसियन टिममले क्वार्टर फाइनलमा स्थान बनाउन सकेका थिएनन्। यस पटक केही एसियन टिमबाट सेमिफाइनलसम्म पुग्ने अनुमान गरिएको थियो। तर कुनै पनि टिमले अन्तिम १६ कटाउन सकेनन्। यस पटक धेरै अगाडि चरणसम्म नपुगे पनि एसियन टिमले समूह चरणका खेलका कारण सबैको ध्यान आफूतिर तान्न सफल भए। 

फुटबललाई केन्द्र बनाएर हेर्दा एसिया महादेश अन्य महादेशको तुलनामा धेरै पछाडि रहँदै आएको छ। तर यस पटक एसियन टिमको विश्वकप यात्रा सम्झनलायक रह्यो। उनीहरूले धेरै मानिसले अनुमान गरेभन्दा फरक र उत्कृष्ट खेले। साउदी अरेबियाले उपाधि दाबेदार टिम अर्जेन्टिनालाई अप्रत्यासित रूपमा २–१ गोल अन्तरले पराजित गर्‍यो। साउदीले अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रामा पूर्णविराम लगाइदियो। 

अर्जेन्टिनाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा शानदार सुरुआत गरेको साउदीले त्यसलाई निरन्तरता दिन सकेन तर पनि उसले धेरै सुधारिएको प्रदर्शन गर्‍यो। त्यस्तै, अस्ट्रेलियाले उपाधि दाबेदार टिम डेनमार्कलाई पराजित गर्‍यो।

अर्को टिम जापानले उपाधि दाबेदार टिम जर्मनीलाई स्तब्ध बनायो। सन् २०१४ को विश्वविजेता जर्मनीविरुद्ध जापानले २–१ गोलको पुनरागमन जित निकाल्यो। त्यस्तै, समूह चरणको अन्तिम खेलमा उसले अर्को च्याम्पियन टोली स्पेनविरुद्ध २–१ गोलको जित निकाल्यो। योसँगै विश्वकपमा कमजोर रूपमा देखिने एसियाली टिमले विश्व फुटबलका पावरहाउस मानिएका टिमलाई पराजित गरेर एसियाले केही गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गर्यो।

corrent noodles
Metro Mart

नकआउटमा पहिलो पटक तीन टिम
प्रतियोगितामा समूह चरण सकिएर नकआउट चरणमा पुग्ने टिमको टुंगो लाग्दै गर्दा यस पटक एसियन टिमले उल्लेखनीय प्रदर्शन गरे। यस पटक समूह चरण पार गरेर नकआउटमा पुग्ने १६ टिममध्ये तीन टिम (अस्ट्रेलिया, जापान र दक्षिण कोरिया) एसिया महादेशका थिए, जुन आफैंमा कीर्तिमान हो। यसअघि कुनै पनि संस्करणमा तीन एसियन टिमले नकआउट चरणमा स्थान बनाउन सकेका थिएनन्। जापान सबैभन्दा कठिन समूहको विजेताका रूपमा अन्तिम १६ मा पुग्यो। उसले चार पटकको विश्वविजेता जर्मननीलाई र एक पटकको विजेता स्पेनलाई समान (२–१) गोलले पराजित गर्यो। तीन खेलमध्ये दुई खेलमा जित र एकमा हार बेहोरेको जापानले ६ अंक जोड्दै समूह विजेता बन्यो।

अस्ट्रेलियाले समूह ‘डी’को उपविजेताका रूपमा नकआउट चरणमा स्थान बनायो। उसले बलियो टोली डेनमार्कलाई अन्तिम खेलमा पराजित गर्दै अघिल्लो चरणमा स्थान पक्का गरेको थियो। साविक विजेता फ्रान्ससँग पराजित भए पनि अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गर्यो र समूह विजेता बनेको फ्रान्ससँग समान ६ अंक जोड्यो।

उता, कोरियाले पनि प्रभावशाली प्रदर्शन गर्दै समूह ‘एच’को उपविजेता बन्दै नकआउटमा पुग्यो। उसले उरुग्वेजस्तो बलियो टोलीलाई गोलरहित बराबरीमा रोक्यो भने पोर्चुगलविरुद्ध जितै निकाल्यो। तर घानासँग अप्रत्यासित रुपमा ३–२ गोल अन्तरले पराजित हुन पुग्यो। उसले नकआउटमा स्थान सुरक्षित गर्यो।

तर तीन एसियन टिमले प्रि–क्वार्टर फाइनलमा राम्रो प्रदर्शन गर्न सकेनन्। अस्ट्रेलिया अर्जेन्टिनासँग २–१ गोल अन्तरले पराजित भयो। उता, कोरिया बलियो टोली ब्राजिलसँग ४–१ गोलअन्तरले पराजित भयो। उनीहरूले नकआउटमा उच्च प्रदर्शन गर्न सकेनन्। 

जापानले भने पराजित भएर पनि आफ्नो उच्च प्रदर्शनलाई कायमै राख्यो। साविक उपविजेता क्रोएसियासँग प्रतिस्पर्धात्मक खेलमा निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। तर पेनाल्टीमा जापानका खेलाडीले गोल गर्न चुकेपछि घर फर्किन बाध्य भयो।

दुई एसियन पावर टिम
युरोपेली र अमेरिकी टिमको तुलनामा धेरै कमजोर मानिएका एसियाली टिम हुन्, दक्षिण कोरिया र जापान। तर यस पटकको विश्वकपमा दुवै टोलीले विश्वको ध्यान आफूतिर ताने। समर्थकले यी दुई टिमबाट जस्तो अपेक्षा गरेका थिए, उनीहरूले त्योभन्दा राम्रो खेलेर सबैको मन जिते।

पछिल्लो समय उच्च लयमा रहेको जापान र कोरियालाई विश्वकपमा एसियाबाट सहभागिता जनाउने सबैभन्दा बलियो टिमको रूपमा हेरिएको छ। अनुभवी स्टार खेलाडी तथा युरोपमा प्रभाव पारेका खेलाडीको बाहुल्य रहेको जापान र कोरियालाई फिफा वरीयताले पनि अन्य एसियाली टिमभन्दा अब्बल देखाउँथ्यो।  उनीहरूले यस पटक एसियन टिमले केही गर्न सक्छन् भन्ने कुराको पुष्टि नै गरिदिए।

 कोरियाले समूह चरणमा दुई पटकको विजेता उरुग्वेलाई गोलरहित बराबरीमा रोकेको थियो। त्यस्तै, अर्को खेलमा पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गरिदिएको थियो। जापानको  यस पटकको विश्वकप सबैभन्दा राम्रो भयो भन्दा फरक नपर्ला। उसले जर्मनी र स्पेनजस्तो बलियो टिमलाई पराजित गर्यो। 

क्रोएसियासँग पनि राम्रो खेलेर बाहिरियो। यी दुई टिमले विश्वका ठूला प्रतियोगितामा एसियाली पनि हिस्सा बन्न सक्छन् भन्ने कुराको दर्बिलो उदाहरण पेस गरेर प्रतियोगिताबाट बाहिरिएका छन्।

विश्वकपमा एसियाको विगत
एसियाका कुनै पनि देशले विश्वकप उपाधि जित्न मात्रै नभई फाइनलमा पनि पुगेका छैनन्। जापान र दक्षिण कोरियाले आयोजना गरेको सन् २००२ को विश्वकपमा दक्षिण कोरियाले अप्रत्यासित रुपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। कोरिया विश्वकपको सेमिफाइनलसम्म पुग्ने पहिलो एसियाली राष्ट्र बन्यो। तर सेमिफाइनलमा जर्मनीसँग १–० गोल अन्तरले पराजित भएपछि कोरिया विश्वकपको फाइनल खेल्ने पहिलो एसियाली राष्ट्र बन्नबाट चुकेको थियो। 

प्रकाशित: Dec 06, 2022| 15:02 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।