NadaNada
शुक्रबार, भदौ ६, २०८२

थापाथलीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै प्रदर्शन

केही दिनअघि महानगरले थापाथलीस्थित बागमती नदी किनारमा अवैध कब्जा गरी बनाइएका घरटहरा हटाउन खोज्दा सुकुम्बासीले प्रतिकार गरेका थिए।
 |  मंगलबार, मंसिर २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

vianetvianet

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनार कब्जा गरेर घरटहरा बनाएका नक्कली सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगर परिसरमा प्रदर्शन गरिएको छ।

मंगलबार उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीले थापाथलीमा जमिन कब्जा गरी घरटहरा बनाएको दाबी गर्र्दै छानबिन गरी कारबाही गर्न माग गरेको हो।

समितिले महानगरका मेयर बालेन्द्र साहलाई ध्यानाकर्षण–पत्र बुझाएको छ । ध्यानाकर्षण–पत्रमा भनिएको छ, ‘कथित सुकुम्बासीका घरटहरा हटाई, राजधानीको सौन्दर्य, शान्ति र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न महानगर पछि नहटोस्।’

समितिले सुकुम्बासी बस्तीमा दिउँसै घरेलु हतियारसहित नगर प्रहरी, महानगर प्रमुखलाई धम्की दिनुले उपत्यकामा त्रास फैलिएको बताएको छ। केही दिनअघि महानगरले थापाथलीस्थित बागमती नदी किनारमा अवैध कब्जा गरी बनाइएका घरटहरा हटाउन खोज्दा सुकुम्बासीले प्रतिकार गरेका थिए। 

प्रकाशित: Dec 06, 2022| 14:10 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।