बुधबार, वैशाख ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जुम्लामा सबैभन्दा चिसो, तापक्रम माइनस ३.९ डिग्री सेल्सियसमा झर्‍यो

जुम्लामा सबैभन्दा चिसो, तापक्रम माइनस ३.९ डिग्री सेल्सियसमा झर्‍यो

पछिल्लो समय देशभर चिसो बढ्दै गएको छ। देशमा न्यूनतम र अधिकतम तापक्रम क्रमशः घट्दै गएसँगै चिसो बढ्दै गएको हो।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं- पछिल्लो समय देशभर चिसो बढ्दै गएको छ। देशमा न्यूनतम र अधिकतम तापक्रम क्रमशः घट्दै गएसँगै चिसो बढ्दै गएको हो।

National life

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणानुसार आज बिहान जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ३.९ डिग्री सेल्सियस छ।

यस्तै, डडेलधुराको न्यूनतम तापक्रम ५.५, काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस मापन गरिएको छ।

वीरेन्द्रनगरको न्यूनतम तापक्रम ७.५, दिपायल र ओखलढुंगाको न्यूनतम तापक्रम समान ८.५ डिग्री सेल्सियस छ।

महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी सार्वजनिक गर्ने गर्छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको महाशाखाले जनाएको छ।

तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: Dec 06, 2022| 12:22 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।