शुक्रबार, जेठ १, २०८३

लागूऔषधसहित धादिङबाट एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित धादिङका एक जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित धादिङका एक जनालाई पक्राउ गरेको छ। 

National life

पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ३ घर भई हाल पोखरा-१० अम्मरसिंह चोक बस्ने ४० वर्षका किशन अधिकारी रहेका छन्।

कास्की प्रहरीका आनुसार गत शुक्रबार साँझ ७ बजे पोखरा महानगरपालिका वडा नं.३० पावरहाउसस्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्नेक्रममा अधिकारी लागुऔषधसहित पक्राउ परेका थिए। 

उनको साथबाट लागूऔषध डाईजापाम ५० एम्पुल, फेनेरागन ५० एम्पुल र नुर्फिन ५० एम्पुल गरी जम्मा १५० एम्पुल र एक थान मोवाईल बरामद भएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका अधिकारी विरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा १० म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 06, 2022| 07:31 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।