NadaNada
शुक्रबार, भदौ ६, २०८२

सुक्दै मुहान, साँघुरिँदै खोला

आजभन्दा ६० वर्षपहिले छापहिलेका शिरमा भएका खोल्सामा पनि पानीका मुहान थिए। विस्तारै वनजङ्गलको फँडानी, सडक विस्तार र मुहानको संरक्षण नगर्नेलगायत मानवीय क्रियाकलापले पानीका मुहान सुकेर सीमित भएका हुन्।
 |  सोमबार, मंसिर १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

vianetvianet

रेसुङ्गा- कुनै समय आफ्नै खेतबारीमा पानीका मुहान हुन्थे। वनमा जाँदा प्रत्येक ठाउँमा पानीका मुहान भेटिन्थे। खेतमा धान रोप्दा वर्षायाममा कुलो लगाउनु पर्दैन थियो। हिउँदमा पनि पानीको समस्या हुने थिएन। पानीको मात्रा केही घटे पनि मुहान कहिल्यै सुकेनन्। 

अहिले त्यो समय परिवर्तन भएको छ। पानीका मुहान भेट्न खोज्नुपर्दछ। खोजेपछि पनि अग्ला पहाडमा पानीका मुहान भेटिन छाडेका छन्। पानीका मुहान भेट्न पहाडको फेदीमा झर्नुपर्दछ। यसरी पनि विरलै भेटिन्छन् पानीका मुहान्। 

गुल्मीको मालिका गाउँपालिका–५ का गोविन्द विकले पहाडमा भेटिने पानीका मुहान अहिले सुक्दै गएको बताए। आजभन्दा ६० वर्षपहिले छापहिलेका शिरमा भएका खोल्सामा पनि पानीका मुहान थिए। विस्तारै वनजङ्गलको फँडानी, सडक विस्तार र मुहानको संरक्षण नगर्नेलगायत मानवीय क्रियाकलापले पानीका मुहान सुकेर सीमित भएका हुन्।   

मालिका क्षेत्रमा रहेका सदाबहार मुहान अहिले मौसमी मुहानका रूपमा परिणत भएको मालिका गाउँपालिका–१ का रुद्रबहादुर पुनले बताउनुभयो। मुहानहरू सुक्दै गएपछि खानेपानीको समस्या पनि बढ्दै गएको छ। मुहानहरू सुक्दै गएपछि लुम्बिनी प्रदेशकै सबैभन्दा अग्लो मदाने लेकको कोखबाट बग्ने निस्ती खोला पनि साँघुरिँदै गएको छ। आजभन्दा ६० वर्षभन्दा पहिले हिउँदमा पनि खोला तर्न हम्मेहम्मे हुने निस्ती अहिले मौसमी खोलाका रूपमा मात्र सीमित रहेको छ। मुहानहरू सुक्दै गएपछि निस्ती खोला पनि साँघुरिँदै गएको स्थानीय अगुवा देवबहादुर महताराले बताए। 

नेपालमा वर्षमा एक तिहाइ समय मात्र आकासे पानी पर्ने गर्दछ। अन्य समय जमिन सुक्खा रहन्छ। पानीका मुहानले बाह्रै महिना पानीको उपलब्धता गराउन र खोलामा बग्ने पानीलाई स्थिर राख्न सहयोग पुर्‍याउँछ। तर, बर्सेनि पानीका मुहानहरू सुक्नाले खानेपानीको अभाव, वातावरणमा उजाडपन, खेतीयोग्य जमिनमा कमी र सदाबहार बगिरहने खोला मौसमी रूपमा परिणत हुन पुगेका हुन्। 

Metro Mart

मालिका आसपासका क्षेत्रमा मुहानहरू सुक्नाले निस्ती खोला साँघुरिएको मात्र होइन, छल्दी, पनाह, रिडी, बडिगाड खोलालाई पनि मौसमी नदीका रूपमा कायम राख्न थालेको हो। इस्मा गाउँपालिकाअन्तर्गत माथिल्लो तहको भूभागमा पनि पानीका मुहानहरू नै छैनन्। अग्ला पहाड, थुप्रै मोटरबाटोको विस्तार, वनजङ्गलको फँडानी र अन्य मानवीय क्रियाकलापले गर्दा पानीका मुहानहरू इतिहास मात्र बनेको इस्मा गाउँपालिका–४ का रामबहादुर खत्रीले बताउए। इस्माको माथिल्लो क्षेत्रमा अहिले मदानेको लेकबाट लिएर खानेपानीको समस्या समाधान गरिएको छ। 

मोटरबाटोको विस्तारका कारण माथिल्लो भूभागमा भएका पानीका मुहानहरू तल्लो भूभागमा देखापर्ने गरेको र केही मुहान सधैँका लागि हराएर जाने गरेको मदाने गाउँपालिका–६ का ८० वर्षीय दुर्गा कुँवरले बताउछन्। पानीका मुहानहरू सुकेपछि आफूहरूलाई खानेपानी डेढ घण्टा टाढा हिँडेर बोक्नुपर्ने स्थिति रहेको सोही क्षेत्रकी शान्त विकले बताए। मुहान सुकेपछि यस क्षेत्रबाट बग्ने खोलाहरू पनि साँघुरिँदै गएका छन्। अहिले मौसमी रूपमा मात्र केही मुहान देखिन्छन्। चन्द्रकोट गाउँपालिकाको माथिल्लो क्षेत्रमा पनि मुहानहरू विस्तारै सुक्दै गएको चन्द्रकोट–८ तुराङ किसिकोटकी लक्कीमाया बस्नेतले बताइन्।

जलवायु परवर्तनबाट हुने अतिवृष्टि, अनावृष्टि र अल्पवृष्टिले गर्दा बाढीपहिरो जाने, खडेरी हुने र पटकपटक जाने भूकम्प जस्ता प्राकृतिक कारणले पानीका मुहानहरू सुक्दै गएका छन्। जथाभावी सडक खोल्नाले, वनजङ्गलको फँडानी गर्नाले, आगो लगाउनाले र वातावरणलाई असर पुर्‍याउने जस्ता मानवीय कारणले पानीका मुहान सुक्दै गएको बताइएको छ।   -रासस


प्रकाशित: Dec 05, 2022| 21:48 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।