NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • गीत संगीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्छ : नेता पौडेल

गीत संगीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्छ : नेता पौडेल

स्वरसम्राट नारायण गोपालको ३२औँ पुण्यस्मृतिका अवसरमा नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थाले आज आयोजना गरेको कार्यक्रममा उनले नेपाली गीत, सङ्गीतमा मौलिकता हराउन लागेको यसलाई जोगाउनुपर्ने बताए।
 |  सोमबार, मंसिर १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन्। स्वरसम्राट नारायण गोपालको ३२औँ पुण्यस्मृतिका अवसरमा नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थाले आज आयोजना गरेको कार्यक्रममा उनले नेपाली गीत, सङ्गीतमा मौलिकता हराउन लागेको यसलाई जोगाउनुपर्ने बताए।

काठमाडौं क्षेत्र नं ५ बाट नवनिर्वाचित सांसद पौडेलले मौलिकतासँग नजोडिएको सभ्यता, संस्कृति र मानव बस्ती हुन नसक्ने उल्लेख गर्दै पछिल्लो पुस्तालाई मौलिकतामा आधारित गीत सङ्गीत हस्तान्तरण गर्नुपर्ने बताए। मौलिकतामा आधारित गीत, सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने वातावरण राज्यले बनाउनुपर्ने उनको भनाइ थियो।

उनले गीतकार तथा सङ्गीतकारले राष्ट्रको प्रतिविम्ब झल्काउने बताए। गीतकार, सङ्गीतकारलाई सम्मान गर्न राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो। नेता पौडेलले पश्चिमा राष्ट्रले आफ्नो सभ्यतासँग जोडेर सङ्गीत र गीतको विकास गरिरहेको भए पनि नेपाली गीत, सङ्गीत पछाडि परिरहेको उल्लेख गरे। सोही अवसरमा नेपालको गीत सङ्गीतको क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई सम्मान गरिएको थियो। 


प्रकाशित: Dec 05, 2022| 21:15 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।