NadaNada
शुक्रबार, भदौ ६, २०८२

सवारी दुर्घटना बढेपछि प्रहरी बिट थपिँदै

जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी, नागरिक समाजसहितको संयुक्त बैठकले जिल्लाको पहाडी क्षेत्रमा प्रहरी र ट्राफिकसहित चेकिङ पोष्ट स्थापना गर्ने निर्णय गरिएको हो।
 |  सोमबार, मंसिर १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

vianetvianet

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी सडक खण्डमा सावरी दुर्घटना बढ्न थालेपछि पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ। जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी, नागरिक समाजसहितको संयुक्त बैठकले जिल्लाको पहाडी क्षेत्रमा प्रहरी र ट्राफिकसहित चेकिङ पोष्ट स्थापना गर्ने निर्णय गरिएको हो। 

एक महिनाको अन्तरालमा पहाडी सडक खण्डमा दुई ठूला सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएपछि आकस्मिकरुपमा बसेको बैठकले सो खण्डको सुरक्षाको विषयमा विभिन्न निर्णय गरेको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए। 

‘बौदीकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिकातर्फ एउटै रुट हुँदै चल्ने सवारी साधनलाई बिहानदेखि बेलुकासम्मको अवधिमा जाँच गर्न मुण्डे, कुमसोत, बोझा पोखरी, कोखे र देवीथानमा चेकपोष्ट स्थापना गरिएको छ’, उनले भने, ‘कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको सिमाना रकुवा, थामबेँसी र ढोडेनीमा अस्थायी प्रहरी चौकी स्थापनाका लागि स्थलगत अनुगमन गरिएको छ।’

पहाडी सडकमा चल्ने सवारी साधनलाई यातायात व्यवस्था कार्यालय, यातायात समिति, ट्राफिक प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले संयुक्त अनुगमन तथा नियमित जाँच गर्ने निर्णय गरिएको छ। त्यसैगरी नगरपालिका तथा गाउँपालिकाभित्र रहेका सडकको स्थानीय पालिका र सडक डिभिजन कार्यालयले नियमति सडक मर्मत सम्भारको व्यवस्था मिलाउने निर्णय गरिएको बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताए। 

ग्रामीण सडकमा चल्ने सवारी साधनको भाडा मनपर्दो रहेको गुनासो आएकाले जिल्ला यातायात व्यवस्था कार्यालयले उपसमिति बनाइ भाडा निर्धारण, बाटो इजाजतपत्रलगायतका विषयमा नियमन गर्ने भएको छ। ग्रामीण क्षेत्रको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि स्थलगत अनुगमन, चेकपोष्ट स्थापनाका साथै स्थानीय प्रतिनिधिसँग अन्तक्र्रिया गरी तयारी थालिएको प्रहरी उपरीक्षक तिवारीले बताए। 

Metro Mart

कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटारमा गत कात्तिक १५ गते भएको सवारी दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो। सो दुर्घटनाको एक महिनापछि धौवादीमा गत मंसिर १५ गते सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो।   -रासस

प्रकाशित: Dec 05, 2022| 19:43 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।