आइतबार, वैशाख २७, २०८३

दाङ सडक खण्डमा मिचेका संरचना हटाउन निर्देशन

सडक डिभिजन कार्यालय दाङले मंगलबारदेखि लागू हुने गरी १५ दिने सूचना जारी गरेको हो।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

National life

काठमाडौं- पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाइएका संरचना हटाउन निर्देशन दिइएको छ। सडक डिभिजन कार्यालय दाङले मंगलबारदेखि लागू हुने गरी १५ दिने सूचना जारी गरेको हो।

दाङ खण्डको धानखोलादेखि शिवखोलासम्मको सडक क्षेत्र दायाँ-बायाँ ३१ मिटरभित्र रहेका संरचना हटाउन निर्देशन गरिएको सूचना अधिकारी रिकेश महर्जनले जानकारी दिए। उनका अनुसार पुस १५ भित्र नहटाएमा आफैँ हटाउने तयारी रहेको छ। साथै हटाउन लागेको खर्चसमेत सडक मिच्नेहरूले नै बेहोर्नुपर्ने सूचनामा उल्लेख छ। 

राजमार्गको दाङ खण्ड करिब ७७ किलोमिटर रहेको छ। कार्यालयले सोही क्षेत्रका तीन वटा पालिकालाई पनि यो सूचना प्रकाशन गरिदिन अनुरोध गरेको छ। लमही नगरपालिकासहित राप्ती र गढवा गाउँपालिकालाई पत्र लेख्दै सबै वडाको सूचना पार्टीमा यो सूचना टाँस गर्नका लागि पत्र पठाएको डिभिजन प्रमुख इन्जिनियर रामपुकार जैसवालले बताए। पटक-पटक सडक मिचेका भन्ने गुनासो आएको र दुर्घटनाको पनि जोखिम रहेकाले सडक क्षेत्र खाली गर्न निर्देशन दिइएको हो।

प्रकाशित: Dec 05, 2022| 21:00 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।