मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एसियन भलिबल च्याम्पियनसिप स्थगित, अर्को मितिमा गर्ने एभीसीको तयारी

एसियन भलिबल च्याम्पियनसिप स्थगित, अर्को मितिमा गर्ने एभीसीको तयारी

२१ औं सिनियर एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ। फिलिपिन्सको क्लार्क र सबिकमा आयोजना प्रतियोगिता अनिश्चित कालका लागि स्थिगित गरिएको हो।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं– २१ औं सिनियर एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ। फिलिपिन्सको क्लार्क र सबिकमा आयोजना प्रतियोगिता अनिश्चित कालका लागि स्थिगित गरिएको हो।

यसअघि फिलिपिन्समा २९ अगस्तबाट ४ सेप्टेम्बरसम्म हुने तय थियो। त्यसका लागि सुरुमा नेपाली टिमले सहभागिता जनाउन भए पनि पछि एसियाली भलिबल महासंघले नेपालको नाम काट्दै आठ टिमको मात्र सहभागीता गराएको थियो।

तर फिलिपिन्सको आयोजक सहरमा कोभिड महामारीको संक्रमण दर बढ्दो रुपमा देखिएका कारण अयोजक फिलिपिन्स भलिबल फेडेरेसनले प्रतियोगिता स्थगित भएको जानकारी गराएको हो।

यता एसियाली भलिबल महासंघ एभीसीले पीएनभीएफलाई भलिबल आयोजना गर्नका लागि अनुरोध गरेको छ। एभीसीले आउँदो अगस्त २४ देखि ३० वा ३१ तारिखसम्मका लागि आयोजनाको प्रस्ताव गरेको हो।

तर अब च्याम्पियनसिप हुन्छ वा हुँदैन भन्नेबारे जानकारी आएको छैन। कोभिड १९ को महारीको अवस्थाले नै आयोजनाबारे निक्र्योल हुनेछ।

प्रकाशित: Aug 10, 2021| 12:17 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।