बुधबार, असार १०, २०८३

३० हजारभन्दा बढी मत ल्याउँदा पनि पराजित भए यी २० उम्मेदवार

४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका ८, एमालेका ७, नेकपा माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादी का एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजार बढी मत प्राप्त गर्दा पनि पराजित भएका हुन्।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

काठमाडौं– ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २० जना उम्मेदवार ३० हजार बढी मत प्राप्त गरेर पनि पराजित भएका छन्। पराजित हुनेमा कांग्रेसका ८, एमालेका ७, नेकपा माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादी का एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजार बढी मत प्राप्त गर्दा पनि पराजित भएका हुन्। 

National life

प्रदेश १ को पाँचथर १ मा कांग्रेसका भीष्मराज आङदेम्बे ३२ हजार ८९ मत प्राप्त गरे पनि ४६ मतान्तरले पराजित भए। कांग्रेसकै कृष्णप्रसाद सिटौलाले पनि झापा ३ मा ३७ हजार ३८६ मत प्राप्त गरी पनि पराजय बेहोरे।

मोरङ २ मा कांग्रेस नेतृ सुजाता कोइरालाले ३१ हजार ९४०, सुनसरी ३ मा कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६ सय, सुनसरी ४ मा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे पनि पराजित भए।

त्यस्तै, मधेस प्रदेशको सर्लाही ३ बाट माओवादी केन्द्रका नरेन्द्र साह कलवारले ३२ हजार १६८ र बारा १ मा कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त हुँदा पनि पराजय बेहोर्नुपर्‍यो।

बागमती प्रदेशको रामेछाप १ बाट एमालेका कैलाशप्रसाद ढुंगेलले ३० हजार ७३० मत, काभ्रेपलाञ्चोक १ मा एमालेका रेशमबहादुर लामाले ३० हजार ५४८ मत, काभ्रेपलाञ्चोक–२ मा कांग्रेसका शिवप्रसाद हुमागाईंले ३९ हजार ४८२ मत ल्याएर पराजित भए। 

Shivam cement

यस्तै, मकवानपुर २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले ३० हजार ४३२ मत ल्याएर हार बेहोरे।

गण्डकी प्रदेशको लमजुङ १ बाट माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई ३१ हजार ७९१ मत, नवलपरासी बर्दघाट सुस्तापूर्व २ बाट एमालेका तिलबहादुर महत क्षेत्री ३४ हजार ११० मत पाएर पनि पराजित भए।

यस्तै, लुम्बिनी प्रदेशको गुल्मी १ बाट एमालेका प्रदीपकुमार ज्ञवालीले ३२ हजार १५२ मत, अर्घाखाँची १ बाट कांग्रेसकी पुष्पा भुसालले गौतमले ४० हजार ९४५ मत ल्याई पराजित भए।

रुपन्देही ३ बाट कांग्रेसका बालकृष्ण खाणले ३४ हजार ३६, कपिलवस्तु २ बाट एमालेका बृजेशकुमार गुप्ताले ३८ हजार ६९७ मत, प्युठान १ बाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८१४ मत प्राप्त गरे पनि पराजित भए।

कर्णाली प्रदेशको सुर्खेत १ बाट एमालेका धु्रवकुमार शाहीले ३० हजार ९८८ मत ल्याई पराजित भए। सुदूरपश्चिम प्रदेशको बैतडी १ बाट माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर ३२ हजार ८० मत पाएर पनि पराजित भए।

प्रकाशित: Dec 05, 2022| 12:55 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...