बिहीबार, भदौ १८, २०८३

आनन अच्युतको ‘ढल्किएको आकाश’ सार्वजनिक

उपन्यासकार आनन अच्युतको तेस्रो कृति ढल्किएको आकाश शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको छ।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

काठमाडौं- उपन्यासकार आनन अच्युतको तेस्रो कृति ढल्किएको आकाश शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको छ। 

नायक आर्यन सिग्देल, साहित्यकार गोविन्द गिरी प्रेरणा, देवनाथ न्यौपाने, रामचन्द्र सिग्देल, पुरुषोत्तम न्यौपाने, सिताराम ढकाल, फिल्म निर्देशक दिनेश राउत र लेखक स्वयम् आनन अच्युतले पुस्तकको संयुक्त विमोचन गरेका हुन्। 

‘कथामा यौन छ। प्रकृति छ। समाज छ। समाजका मानिसहरुका कथा, व्यथा छन्। परदेशमा बसेर लेखकले नेपाली समाज छाम्ने राम्रो प्रयत्न गरेका छन्,’ समिक्षक बोधराज पौडेलको टिप्पणी थियो। 

त्यस्तै अर्का समिक्षक पुरुषोत्तम न्यौपानेले लेखकको लेखन शैली सुन्दर रहेको धारणा राखे। कथा लेखनमा लेखकले केही नयाँ प्रयोग पनि गरेको प्रकाशन गृहका कार्यकारी प्रमुख सूर्य बिसीले जानकारी दिए। 

बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको उक्त कथा संग्रहमा १४ वटा कथा समाविष्ट गरिएकोछ। १९२ पृष्ठको उक्त पुस्तकको बजार मूल्य ३७५ रहेको छ।

प्रकाशित: Dec 05, 2022| 08:34 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।