बुधबार, असार १०, २०८३

समानुपातिकतर्फ १ करोड ४ लाख मतगणना, कुन दलको कति मत?

मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

काठमाडौं- मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म १ करोड ४ लाख २० हजार मतगणना भएको छ। 

National life

जसमा २७ लाख ८८ हजार मत ल्याउँदै नेकपा एमाले पहिलो स्थानमा  छ। यस्तै २६ लाख ६० हजार मतसहित कांग्रेस दोस्रो स्थानमा रहेको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार मत प्राप्त गरेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार मत प्राप्त गरेको छ। राप्रपाले ५ लाख ८६ हजार र जसपाले ४ लाख २० हजार मत पाएका छन्। जनमत पार्टीले समानुपातिकमा ३ लाख ९४ हजार मत ल्याएको छ।

यस्तै राष्ट्रिय दल बन्न संघर्षरत नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ९४ हजार र नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार मत ल्याएका छन्।

प्रकाशित: Dec 05, 2022| 07:25 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...