मंगलबार, भदौ १०, २०८२

सिन्धुली मरिणका एक सय बढी घरमा खानेपानीको धारा

दरबार लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भएसँगै यहाँका एक सय तीन घरमा खानेपानीको सुविधा भएको हो।
 |  सोमबार, मंसिर १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

vianetvianet

सिन्धुली- सिन्धुलीको मरिण गाउँपालिका–३ चनौटेका स्थानीयवासीको घर–घरमा खानेपानीको धारा विस्तार भएको छ। दरबार लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भएसँगै यहाँका एक सय तीन घरमा खानेपानीको सुविधा भएको हो।

Kumaribank

वर्षौँदेखि खानेपानीको निकै सास्ती खेप्दै आएका चनौटेवासी घर–घरमा धारा विस्तार भई यसै सातादेखि खानेपानीको सेवा प्रवाह भएपछि खुसीले दङ्ग छन्। स्थानीय विमला तामाङले अहिले निकै सहज भएको बताए।

‘हामीले खानेपानी समस्याबाट ठूलो मुक्ति पाएका छौँ। नत्र खानेपानी खोज्दै सधैँको बिहान बित्थ्यो’, उनले भने, ‘अहिले वर्षौँदेखिको खानेपानीको प्यास मेटिएको छ।’ आफैँलाई पिउन, गाईवस्तुलाई खुवाउन र बढी भएको पानीले करेसाबारीमा सागसब्जी रोप्नसमेत सहज भएको उनले सुनाउए।

मरिण गाउँपालिका र नेपाल स्वास्थका लागि पानी (नेवा) को साझेदारीमा खानेपानी घर–घरमा पुगेको हो। विसं २०७८ भदौमा सम्झौता भई निर्माण सुरू भएको खानेपानी आयोजनाको निर्माणकार्य विभिन्न समस्याका कारण सम्झौता अवधिभन्दा चार महिना ढिलो सम्पन्न भएको थियो।

६२ लाख १८ हजार आठ सय ६८ लागतमा निर्माण सम्पन्न भएर सञ्चालनमा रहेका खानेपानी आयोजनाबाट एक सय तीन घरधुरीका नागरिकलाई बाह्रै महिना स्वच्छ खानेपानी सुविधा उपलब्ध भएको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिए।

Metro Mart

उनका अनुसार मरिणखोला नजिकै रहेको इनारबाट पाँच सय मिटरमाथि डाँडामा चारवटा पानी ट्याङकी बनाइएको छ। त्यहीँबाट ल्याइएको पानी वितरण भइरहेको छ। खोलाको किनारमा रहेको इनारबाट डाँडामा रहेको ट्याङ्कीमा पानी लिफ्ट गर्दा मिटरमा उठ्ने शुल्क सबै गाउँपालिकाले तिरिदिने उहाँले बताउनुभयो। ‘निःशुल्क खानेपानी हाम्रो अभियान हो’, उनले भने, ‘त्यही अनुरुप गाउँपालिकाले काम गरिरहेको छ।’

उक्त खानेपानीको आयोजना धेरै मेहेनत र लागतमा निर्माण भएको उनले स्मरणसमेत गरे। त्यसको संरक्षण र रेखदेखमा स्थानीय उपभोक्ता आफैँ सचेत रहनुपर्नेमा उनको जोड छ।

वडाध्यक्ष जितबहादुर श्रेष्ठले चनौटेमा भर्खरै निर्माण सम्पन्न खानेपानी योजनाबाट गाउँका बासिन्दामात्रै नभई गाउँमा रहेको सरकारी स्कुलमा पढ्ने अढाइ सय विद्यार्थीसमेत लाभान्वित भएका सुनाए।

गरिबी निवारण कार्यक्रम र वडाले यसअघि पनि पटक–पटक खानेपानीको सेवा प्रवाह गर्ने प्रयास गरेको थियो। त्यसबेला विभिन्न कारणले असफल भएपनि हाल आएर घर–घरमा खानेपानीको धारा पुर्‍याउन सफल भएको उनको भनाइ छ।

उनका अनुसार पहिले यहाँका स्थानीयवासीलाई खानेपानीको जोहो गर्न दुःख थियो। पानी सङ्कलन गर्न दुई घण्टा खर्चिनुपर्दथ्यो। अहिले घर–घरमा खानेपानीको सेवा प्रवाह भएपछि विशेषगरी गृहिणी महिलालाई सहज र सुख भएको उनले बताए।  -रासस

प्रकाशित: Dec 05, 2022| 00:05 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।