बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • लेबनानी शरणार्थीलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

लेबनानी शरणार्थीलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयुक्तले सो आग्रह गरेका हुन्।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

वेरुत- संयुक्त राष्ट्रसङ्घले लेबनानका शरणार्थीहरुका लागि सहयोग उपलब्ध गराउन आग्रह गरेको छ। संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयुक्तले सो आग्रह गरेका हुन्।

triton college

संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी आयोगका उच्च आयुक्त फिलिपो ग्राण्डीले लेबनानमा पछिल्लो समयमा शरणार्थीहरुको सङ्ख्या निकै बढ्दै गएको र यहाँ उनीहरुका लागि आवश्यक मात्रामा सहयोग पनि नपुगेकाले सो आग्रह गरेका हुन्।

ग्राण्डी तीन दिनको भ्रमणका क्रममा लेबनान आएका थिए। सो भ्रमण सकेर शनिबार फर्किने क्रममा उनले लेबनानमा दसौँ हजार जना शरणार्थीलाई हाल सामान्य सहयोग मात्र गरिएको र उनीहरूको भविष्य सुनिश्चित हुने खालको कुनै दिगो सहयोग प्राप्त हुन नसकेको बताएका हुन्।

उनले सिरियाबाट आएर पनि लेबनानमा शरणार्थीका रुपमा मानिसहरू रहेकाले उनीहरूलाई आवश्यक मात्रामा र दिगो सहयोग पुर्याउनुपर्ने बताएका लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ।

लेबनानमा ठूलो सङ्ख्यामा विदेशी शरणार्थीहरु आएर बसेका छन्। एक प्रतिवेदनअनुसार हाल लेबनानमा कम्तीमा पनि २० लाख शरणार्थी रहेका छन्। ती शरणार्थीमा अधिकांश सिरियाली भएको बताइएको छ।    -सिन्ह्वा

corrent noodles
Metro Mart

प्रकाशित: Dec 04, 2022| 22:30 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।