आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भत्किएको मुहान मर्मत नहुँदा मेचीनगरमा चार सय हेक्टर जमिन बाँझै

भत्किएको मुहान मर्मत नहुँदा मेचीनगरमा चार सय हेक्टर जमिन बाँझै

चार वर्षअघि एसियाली विकास बैंकको पाँच करोड २२ लाखको लागतमा हडियाँ खोलाबाट बनेको सिँचाइ आयोजनाको मुहान नै भत्किएपछि बनाउन नसक्दा पाँच सय किसानको चार सय हेक्टर जमिन बाँझो बन्न पुगेको हो।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

झापा- एक वर्षअघि मेचीनगर नगरपालिका–१४ मा रहेको हडियाँ रेगुलेटर सिँचाइ आयोजनाको भत्किएको मुहान ममर्त गर्न नसक्दा चार सय हेक्टर जमिन बाँझो रहेको छ।

National life

गत वर्षको कात्तिकमा आएको बेमौसमी बाढीले सो आयोजनाको मुहान भत्काएको थियो। चार वर्षअघि एसियाली विकास बैंकको पाँच करोड २२ लाखको लागतमा हडियाँ खोलाबाट बनेको सिँचाइ आयोजनाको मुहान नै भत्किएपछि बनाउन नसक्दा पाँच सय किसानको चार सय हेक्टर जमिन बाँझो बन्न पुगेको हो। 

वडा नं १४ का निवर्तमान अध्यक्ष शंकर पोखरेलका अनुसार नगरपालिका र डिभिजन सिँचाइ कार्यालय भद्रपुरले तत्काल परियोजना मर्मतका लागि पटकपटक प्रदेश सरकारसँग बजेट माग गरेका थिए। प्रदेश सरकारले बजेट व्यवस्थापन गर्न नसक्दा परियोजनाको मर्मत अझै हुन नसकेको उनको भनाइ छ। 

उनले सो परियोजनाको मुहान मर्मतका लागि करिब रु एक करोड लाग्ने बताए। ‘परियोजना सञ्चालनमा आएपछि पाँच सय घरपरिवारको जमिन सिञ्चित भएको थियो’, उनले भने, ‘अहिले अधिकांश जमिन बाँझै छ, कतिपयले आकासे पानीको भरमा लगाएको धान खेतीसमेत फस्टाएन।’

उनले तत्काल परियोजना मर्मतका लागि स्थानीय र प्रदेश सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे। ‘खेती गर्ने पानीको अरू विकल्प छैन’, उनले भने, ‘तत्काल परियोजनाको मुहान मर्मतका लागि नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सासंदले पहल गरिदिनुहुन्छ भन्ने अपेक्षा छ।’

प्रकाशित: Dec 03, 2022| 17:50 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।