आइतबार, वैशाख २७, २०८३

गर्भवतीलाई सुत्केरी भत्ता दिइने

यसअघि सञ्चालित उपाध्यक्षसँग सुत्केरी स्याहार कार्यक्रमलाई परिमार्जन गरेर पुनः यो कार्यक्रम ल्याइएको हो। सुत्केरीलाई पोषणयुक्त खानेकुरा दिइँदै आइएकामा यस पटकदेखि नगद नै दिइने भएको हो।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

धनकुटा- आमा र शिशुको स्वास्थ्य सुरक्षाका लागि छथर जोरपाटी गाउँपालिकाले उपाध्यक्षसँग गर्भवती पोषण तथा शिशु स्याहार कार्यक्रम सुरुवात गरेको छ।

National life

यसअघि सञ्चालित उपाध्यक्षसँग सुत्केरी स्याहार कार्यक्रमलाई परिमार्जन गरेर पुनः यो कार्यक्रम ल्याइएको हो। सुत्केरीलाई पोषणयुक्त खानेकुरा दिइँदै आइएकामा यस पटकदेखि नगद नै दिइने भएको हो।

गर्भवतीले आठ पटक स्वास्थ्य संस्थामा गर्भ जाँच गराएपछि पहिलो किस्ता तीन हजार र दोस्रो किस्ता छ हजार गरी जम्मा नौ हजार पाउनेछन्।

पालिकामा स्थायी बसोबास रहेका दोस्रो सन्तानसम्मका लागि यो सेवा दिइने पालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलले जानकारी दिए।

कार्यक्रमका लागि पालिकाले यस आवमा २२ लाख बजेट विनियोजन गरेको छ। पालिकाले चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम समावेश गरी कार्यक्रमको सुरु गरेको पालिकाकी प्रमुख गीता गुरुङ (खेवा) ले जानकारी दिए।

यस रकमले आर्थिक अवस्था कमजोर भएका महिलालाई आफ्नो र शिशुको स्वास्थ्य सुधार गर्न महत्त्वपूर्ण सहयोग पुग्ने पालिकाकाले जनाएको छ। कार्यविधि तयार गरेर गत साउनदेखि कार्यक्रम कार्यान्वयन गरिएको अध्यक्ष सुब्बाले जानकारी दिए।

प्रकाशित: Dec 03, 2022| 14:25 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।