आइतबार, वैशाख २७, २०८३

मनाङमा शून्य लैङ्गिक हिंसा

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार साउनदेखि हालसम्म कुनै पनि लैङ्गिक हिंसाका मुद्दा परेका छैनन्। गत आर्थिक वर्षमा भने जिल्लामा तीन मुद्दा दर्ता भएका थिए।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

मनाङ- हिमाली जिल्ला मनाङमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लैङ्गिक हिंसाको उजुरी परेको छैन। प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार साउनदेखि हालसम्म कुनै पनि लैङ्गिक हिंसाका मुद्दा परेका छैनन्। गत आर्थिक वर्षमा भने जिल्लामा तीन मुद्दा दर्ता भएका थिए। 

National life

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रजिअ रवीन्द्रप्रसाद आचार्यले लैङ्गिक हिंसाका उजुरी कम पर्ने जिल्लाको रूपमा मनाङ पर्ने जानकारी दिए। ‘यहाँ महिलाप्रधान समाज छ। गाउँमा घटेका कतिपय घटना गाउँघरमै मिलाउनुपर्छ भन्ने मान्यता छ’, उनले भने।

प्रहरी नायव उपरीक्षक प्रेम सागर केसी गाउँमै मिलापत्र गर्ने र नसक्ने अवस्थामा मात्रै प्रहरीलाई गुहार्ने गरिएको बताउँछन्। ‘प्रहरीसम्म उजुरी एकदमै न्यून आउने गरेको छ’, उनले भने। कतिपय घटना समाजमै लुकेर रहने उनको भनाइ छ। 

समय समयमा यस्ता घटना उजागर गर्न, पीडितलाई न्याय, पीडकलाई कानुनी दायरामा ल्याउन प्रहरीले सचेतनाको कार्यक्रम गर्दै आएको छ। कार्यक्रमका सहभागीले जिल्लामा हिंसाका घटना सार्वजनिक हुन नसकेको अवस्था रहेकाले चेतना अविवृद्धिको खाँचो रहेको औँल्याएका थिए।

प्रकाशित: Dec 03, 2022| 16:10 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।